मेडिकल काउन्सिलमा ३ उपाध्यक्ष र २७ सदस्यको अन्तिम उम्मेदवारी (नाम सहित)

  मनास्लु पोष्ट  768 पटक हेरिएको

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले नयाँ नेतृत्वको चुनावका लागि तिन जना उपाध्यक्ष र २७ जना सदस्यको अन्तिम उम्मेदवारी परेको जनाएको छ। काउन्सिलको उपाध्यक्ष लागि डा नारायण  विक्रम थापाडा पुष्पमणि खराल र डा सतिश देवले उम्मेदवारी दिएका छन्।

उपाध्यक्षमा दुई जना नयाँ अनुहार हुन् भने डा सतिश देवले काउन्सिलको सदस्यका रुपमा दुई कार्यकाल गरी ८ वर्ष बिताइसकेका छन् ।

मेडिकल काउन्सिलले अपेक्षित काम गर्न नसकेको आरोप लागिरहेका बेला काउन्सिल निर्वाचनमा धेरै नयाँ अनुहारहरुले उम्मेदवारी दिएका छन्  यसअघि काउन्सिलमा पुगेकाहरुले सही निर्णय लिन नसक्दा चिकित्सा क्षेत्र दिन प्रतिदिन धरासायी हुँदै गएको भन्दै परिवर्तनको एजेन्डा सहित नयाँ अनुहारहरुले आकांक्षा व्यक्त गरेका छन्। यसैगरी बाँकी ८ सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका छन् । उपत्यका बाहिर भदौ २३ गते र भित्र भदौ २९३० र ३१ गते निर्वाचन हुँदैछ ।

उपाध्यक्षका उम्मेदवार

डा नारायणविक्रम थापा

डा पुष्पमणी खराल

डा शतिस देव

सदस्यका उम्मेदवार

डा. विश्वराज दवाडी

डा. शिवजी पौडेल

डा. मनोजमान श्रेष्ठ

डा. कालुसिंह खत्री

डा. बिपेश आचार्य

डा. विजय कुमार चौधरी

डा. भागवत भट्टराई

डा. रोहित कुमार मिश्र

डा. अंकुर शाह

डा. सुनिल कुमार साह (A)

डा. सुनिल कुमार साह (B)

डा. प्रमोद सराफ

डा. दिपेन्द्र नैलाखा

डा. सुमन काफ्ले

डा. निरज अर्याल

डा. साभाना प्रधान

डा. सुरेश नेपाल

डा. रामजीवन प्रसाद

डा. कृष्ण खरेल

डा. बिना श्रेष्ठ

डा. अनिरा वैद्य

डा. खुश्वु प्रिया

डा. अमित चतुर्वेदी

डा खुसराज गिरी

डा. प्रमोद कुमार साह

डा. प्रमोद कुमार यादव

डा शक्ति बस्नेत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार