भारतीय नम्बर प्लेटकाे कारमा मृत भेटिएका तीन बालकको सनाखत

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  44 पटक हेरिएको

तुलसीपुर । तुलसीपुरको स्याउली बजार नजिकै भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका बालकको सनाखत भएको छ । २०७७ माघ महिनादेखि घर अगाडी पार्किङ गरि राखेको RJ0ICC0885 भारतीय नम्बरको कारमा मृत भेटिएका बालक तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निबासी भिमबहादुर परियारका ९ बर्षका छोरा सन्दिप परियार, सोही ठाउँका सन्तोष परियारका ७ बर्षका छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ बर्षका छोरा करण परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

यही बैशाख १६ गतेदेखि हराईरहेका ती बालक शनिबार साँझ कारमा मृत अवस्थामा भेटिएका थिए । नेपालगञ्जबाट आएको कुकुर सहित एक्सपट टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बालकको शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । गाडी मालिक तुलसीपुर उपमहानगरपालिका–६ शान्तिनगर निबासी यादव प्रसाद गैरेलाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार