२५ औं पटक सगरमाथाकाे चुचुरोमा कामीरिता शेर्पा

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  150 पटक हेरिएको

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए ।

आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार कुल १२ जना आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको हो ।

१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

डोरी टाँग्दै गएको आइसफल डाक्टरको टोली आज साँझ ६ बजे चुचुरो पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले पुष्टी गरिन् । उनका अनुसार अब आरोहणको ढोका खुलेको छ । मौसम अनुकुल रहेमा धमाधम आरोहण हुनेछ । यो सिजनमा सगरमाथाका लागि मात्र ४०८ जनाले अनुमति लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार