८ जनाको शब फेला, २० भन्दा बढीको मृत्यु भएको अनुमान

  Manaslu Post  961 पटक हेरिएको

जाजरकोट, २६ फागुन । जाजरकोट बस दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । २० जना भन्दा बढीको मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । छिन्चु जाजरकोट सडक खण्डमा पर्ने भेरी मालिका नगरपालिका वडा नम्बर ४ को बोहरा गाउँमा ना ३ ख २२७९ नम्बरको बस दुर्घटनामा परेको हो ।

खलंगाबाट करिब दुई किलोमिटर अगाडि पासेधार नजिक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजे बस दुर्घटना भएको जनाएको छ ।

बस सडकबाट करिब ५०० मिटर तल खसेको थियो । बस यात्रुले खचाखच भरिएको स्थानीयले जानकारी दिएका छन् । दुर्घटनामा ठूलो हुनसक्ने प्रहरीको अनुमान छ ।बिहीबार अपरान्ह सदरमुकाम खलंगाबाट साल्माको खाराका लागि छुटेको बस बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको हो ।

दुर्घटनामा परी ज्यान गुमाएका २० जनाको शव नेपाली सेना र प्रहरीको टोलीले बाहिर निकालेको छ । दुर्घटनामा परेका १५ जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खलंगा पठाइएको छ। अन्य यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

२३ जना यात्रुको चलानी लिएर हिडेको बसमा करिब ५० जनाभन्दा बढी यात्रु चढेको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार