सुदूरपश्चिममा गौरा पर्व सुरु

  कल्पना थापा मगर  661 पटक हेरिएको

सुदूरपश्चिमको ठूलो पर्व गौरा आजदेखि सुरु भएको छ। आज बिहानै गौराको पहिलो दिन बिरुडापञ्चमी, घरघरमा ‘बिरुडा’ भिजाइएको छ। विभिन्न पाँच प्रकारको अन्न गहत, गुरौस, केराउ, मास र गहुँ मिसाएर बिरुडा भिजाउने चलन रहेको पण्डित रामचन्द्र भट्टले बताएका छन्। आज भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ। ‘सप्तमीको दिन नजिकैको खेतमा गएर धानसँगै उम्रिएका साँउलाई जम्मा गरेर मूर्तिको आकार बनाई त्यो मूर्तिलाई गौरा घरभित्र भित्रयाउने गरिन्छ।’ पण्डित भट्ट भने,‘त्यही मूर्तिलाई गौरा देवी भनिन्छ।’  गौरा पर्वको अहिले डडेल्धुरा, बैतडी र दार्चुलाका ग्रामीण क्षेत्रमा रौनक छाएको छ। गौरा पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार