धान खेती गर्ने तरिका

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  142 पटक हेरिएको

१. धानमा पात बेरुवा कीरा नियन्त्रण गर्न के गर्नुपर्ला ?

धानमा ५ प्रतिशत बोटहरुमा नोक्सान पुर्याेउना साथ मालाथायन २ मि.लि. वा साइपरमेथ्रीन (१० ई.सी.) ०.४ मि. लि. प्रति लिटर पानीमा मिसाइ छर्कने ।
२. धानको फड्के कीरालाइ रसायनिक तरिकाले ब्यवस्थापान कसरी गर्ने ?

रसायनिक विषादि ईमिडागोल्ड (ईमिडाक्लोप्रिड) ०.५ मि.लि. प्रति लि. पानीमा मिसाएर छर्ने ।
३. धानको फड्के कीरालाई जैबिक तरिकाले ब्यवस्थापन कसरी गर्न सकिन्छ ?

यो कीरा बत्तीमा आकर्षित हुने हुनाले यिनलाई बत्तीको फन्दामा पारेर मार्न सकिन्छ ।

४. धानमा गवारो कीराको ब्यवस्थापान कसरी गर्ने ?

रोगर वा ईमिडागोल्ड (ईमिडाक्लोप्रिड) २ ग्राम प्रति लिटर पानीमा मिसाइ प्रयोग गर्न सकिन्छ ।
५. धानमा खैरा रोगको रोकथाम गर्न के गर्नुपर्ला ?

धान रोपी सकेपछि यो समस्या आएमा ५ किलो ग्राम जि सल्फेट र २.५ किलो ग्राम चुन (घर पोत्ने चुन) प्रति हजार लिटर पानीमा मिसाई एक हेक्टरका दरले छर्कने ।
६. धानमा खैरा रोगको लक्षण कस्तो हुन्छ ?

रोग लागेमा गाँज कम हाल्ने, बोट होचो हुने र तल्ला पातहरु पहेंलिने हुन्छन् । पहेंलोपन प्रायः पातका नसाहरुको बीचमा देखापर्छ ।
७. धानमा कालो पोके रोगको रोकथाम गर्न के गर्नुपर्ला ?

कार्बेन्डाजिम २.५ ग्राम प्रति कि.ग्रा बीउका दरले उपचार गर्ने । बीउ छर्नुभन्दा ५ देखि ७ दिन अघि नै बीउ उपचार गर्नुपर्दछ ।

८. धानमा कालो पोके रोग भनेको के हो ?

यो रोगले गर्दा धानको बालामा दानाको सट्टा ढुसीका बिजाणुहरुको पोको बन्न जान्छ । यो पोको बाहिरबाट हरियो र भित्र पहेलो वा सुन्तला रङ्गको हुन्छ । पछि गएर यो पोको कालो रुपमा परिणत हुन्छ ।

९. धानमा फेद कुहिने रोगको रोकथाम के होला ?

यो रोग बीउवाट सर्ने भएकोले बीउलाई कार्बेन्डाजिम ३ ग्राम प्रति के.जी. बीउलाई उपचार गरेर मात्र ३ दिन पछि ब्याड राख्ने । यो बिधि खुमल ४ धानको जातको लागि आवश्यक छ।

१०. धानमा फेद कुहिने रोगको लक्षण के होला ?

रोगी बेर्ना या बोटहरु स्वस्थ बेर्ना बोटहरु भन्दा अग्लो हुने,

पहेंलिने र कुहिएर मर्ने गर्दछन् ।
११. धानमा डढुवा रोगको ब्यवस्थापान कसरी गर्ने ?

डढुवा रोगको लक्षण देखिएको शुरुको अवस्थामा २ किलोग्राम गाईको गोबर १० लीटर पानीमा २ घण्टा सम्म भिजाउने र मसिनो कपडाले छानिसके पछि १०० ग्राम म्यूरेट अफ पोटास (पोटास मल), १० ग्राम बेसार मिसाएर  घोल तयार पारी स्प्रेयरले छर्केर ।

१२. धान बाली काट्ने समय कसरी थाहा पाउने ?

८५˗९० प्रतिशत दाना पाकिसके पछि वाली काट्नुपर्छ ।

१३. रसायनिक बिधिबाट झारपात नियन्त्रण कसरी गर्ने ?

झारपात नियन्त्रणको लागि बेर्ना रोपेको २–३ दिन भित्र पानीमा पातलो झिल्ली हुने गरि ब्युटाक्लोर २ मि.ली. प्रति लीटर पानीमा मिसाएर छर्न पनि सकिन्छ ।
१४. धानमा झारपात नियन्त्रण कसरी गर्ने ?

सामान्यतया बेर्ना रोपेको ३०˗३५ दिनपछि पहिलो गोडाई र झारपातको प्रकोप हेरी रोपेको ५५˗६० दिनमा दोस्रो गोडाई गर्नु पर्दछ ।
१५. धानको बीउ छर्ने र रोप्ने समय कहिले हो ?

उच्च पहाडमाः  बैशाख˗जेठमा बीउ छरी जेठ˗आषाढमा रोपिन्छ ।
मध्य पहाडमाः  बैशाख˗जेठमा बीउ छरी जेठ˗श्रावणमा रोपिन्छ ।
तराईमाः जेठ˗आषाढमा बीउ छरी आषाढ˗श्रावणमा रोपिन्छ ।
१६. धानखेतमा पानीको मात्रा अवस्था अनुसार कसरी ब्यवस्था गर्नुपर्दछ ?

रोपाई गर्दा २˗३ से.मी. पानी हुनुपर्दछ । रोपाईको ३ दिनसम्म सिंचाई नदिने र त्यसपछि खेतमा लगातार ५ से.मी. सम्म पानी जमाउनुपर्दछ । गोडाई र मलखाद टपड्रेस गर्दा ५ दिन सम्म पानी कटाउनुपर्दछ।बाला पसाउने र फूल फुल्ने अवस्थामा खेतमा १० से.मी. पानी जमाई राख्नुपर्दछ।धान काट्ने अवस्था भन्दा १०˗१५ दिन अगाडि देखि खेतबाट पुर्णरुपमा पानी कटाउनुपर्दछ ।
१७. असिंचित क्षेत्रमा धानको लागि मल खाद कति आवश्यक पर्दछ ?

प्रति

के.जी.मा

डि.ए.पी.

रिया

पोटास

गोबर मल

रोपनी

२.१

५.६

१.६

३००

कठ्ठा

१.४

३.७

१.१

२००

१८. सिंचित क्षेत्रमा धानको लागि मलखाद कति आवश्यक पर्दछ ?

प्रति

के.जी.मा

डि.ए.पी.

रिया

पोटास

गोबर मल

रोपनी

३.१२

  ९.५

२.५

३००

कठ्ठा

२.२

६.२

१.७

२००

१९. धानको बेर्ना रोपेपछि पानी धेरै दिन सम्म टिकाउन के गर्नुपर्ला ?

माटोलाई राम्रो सँग हिल्याएर एकनासले बाउसे (रोपाई गर्दा खेतको हिलो सम्याउने काम) गरेर हिलो माटो सम्याउनुपर्दछ ।
२०. धानको बेर्नाको उमेर कति हुनुपर्दछ ?

छिटो पाक्ने जातको लागि ३ देखि ४ हप्तासम्मको बेर्ना र ढिलो पाक्ने जातको लागि ४ देखि ५ हप्ताको बेर्ना उपयुक्त हुन्छ ।
२१. धानको बीउ दर कति हो ?

१.६ के.जी. प्रति कठ्ठा वा २.५ के.जी प्रति रोपनी वीउ पर्याप्त हुन्छ ।
२२. धानको बीउलाई के ले उपचार गर्नुपर्दछ ?

कार्बेन्डाजिम २.५ ग्राम प्रति कि.ग्रा. बीउका दरले उपचार गर्ने । बीउ छर्नुभन्दा ५ देखि ७ दिन अघि नै बीउ उपचार गर्नुपर्दछ ।
२३. धानको बीउको लागि बीउ छनौट कसरी गर्ने ?

बीउ छान्दा १० लिटर पानीमा १.६५ कि.ग्रा. खाने नुन घोलेर तयार पारिएको घोलमा बीउलाई हाल्नुपर्दछ । यसो गर्दा पुष्ट र असल बीउ पिँधमा र कमसल बीउ पानीको सतहमा आउछ । थिग्रिएको बीउलाइ पानीबाट निकाली, सफा पानीले पखाल्नुपर्दछ र बीउको लागि प्रयोग गर्ने ।
२४. धान कति किसिमले लगाउन सकिन्छ ?

धान तिन किसिमले लगाउन सकिन्छः (१) हिल्याएर बेर्ना रोप्ने (२) पाखो जमिनमा धानको बीउ छर्ने र (३) जमिन हिल्याएर बीउ छर्ने (छरुवा धान) ।

२५. धान खेतीको लागि उपयुक्त माटोको पि.एच. कति हो ?

धान खेतीको लागि माटोको पि.एच ६.५ देखि ७.५ उपयुक्त मानिन्छ ।
२६. धान खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?

धान खेती बलौटे माटो बाहेक सबै प्रकारको माटोमा गरिन्छ । यसो भएता पनि पाँगोको मात्रा बढी भएको चिम्ट्याइलो दोमट मलिलो माटो राम्रो हुन्छ ।
२७. बीउ उम्रनको लागि माटोमा न्युनतम तापक्रम कति आवश्यक हुन्छ ?

बीउ उम्रनको लागि माटोमा न्युनतम १० देखि १५ डिग्री सेन्टिग्रेड (डि.से.) तापक्रम आवश्यक हुन्छ ।
२८. नेपालको तराइ तथा भित्री मधेशको लागि उपयुक्त धानका बर्णशंकर जातहरु के के हुन् ?

तराई तथा भित्री मधेशको लागि पन्जिकृत धानका बर्णशंकर जातहरुः डि.वाई १८, डि.वाइ ६९, यु.एस. ३१२, एराईज ६४४४, गोरखनाथ ५०९ ।
२९. हाईब्रिड धानका जातहरु भन्नाले के बुझिन्छ ?

दुई भिन्न आनुवांशिक श्रोत भएका धानहरु विच क्रस गराएर निकालिएको प्रथम पुस्ताको धानका जातहरुलाई हाईब्रिड धान भनिन्छ ।
३०. हालै मध्य पहाड र तल्लो पहाडको लागि सिफारिश गरिएको जात के हो ?

खुमल ८ धानको जात मध्य पहाड र तल्लो पहाडको लागि बि.सं २०६३ सालमा सिफारिश गरिएको हो ।
३१. खुमल १० धानको जातको बिशेष गुणहरु के के छन् ?

पाक्ने अवधिः १३६ दिन,  औसत उचाई १०५.८ से.मी, उत्पादकत्व ४७७८ के.जी. प्रति हेक्टर।६० दिनसम्मको बेर्ना रोप्दा पनि राम्रो उत्पादन लिन सकिन्छ । असिन्चित क्षेत्रहरुको लागि उपयुक्त र छरुवा धानको रुपमा पनि खेति गर्न सकिने जस्ता गुणहरु रहेका छन् ।
३२. खुमल १० धानको जात कुन क्षेत्रको लागि सिफारिश गरिएको छ ?

काठमाण्डौ उपत्यका र सो सरहको हावापानी भएको पहाडी क्षेत्रको लागि सिफारिश गरिएको छ।
३३. पोखरेली जेठोबुढो धानको जात कुन क्षेत्रको लागि सिफारिश गरिएको छ ?

यो बर्षे धान पोखरा उपत्यका र यस आसपासका क्षेत्रहरु (६०० देखि ९०० मिटर उचाई) को लागि सिफारिस गरिएको हो ।
३४. जुम्ला वा सो सरहको क्षेत्रको लागि सिफारिस गरिएको धानका जातहरु के के छन् ?

चन्दननाथ १, चन्दननाथ ३ धान जुम्ला वा सो सरहको हावापानी हुने क्षेत्रको लागि सिफारिस गरिएको छ ।
३५. हर्दिनाथ १ धानको जात कस्तो बाली प्रणालीमा लगाउन सकिन्छ ?

धान˗धान˗बाझो, धान˗गहुँ˗ मकै, धान˗मकै˗धान, धान˗आलु˗प्याज, धान˗गहुँ˗धान ।
३६. हर्दिनाथ १ धान कस्तो क्षेत्रको लागि सिफारिश गरिएको हो 

तराई, भित्री मधेश, रिभर बेसिन तथा ८०० मिटर सम्मको उचाईको लागि सिफारिश गरिएको हो।
३७. हर्दिनाथ १ धानको बिशेष गुणहरु के के छन् ?

छोटो पाक्ने अवधि (१०० देखि ११०) दिन, होचो (१०० देखि १०५ से.मी.) र उत्पादकत्व ४२०० के.जी. प्रति हेक्टर दिन सक्ने जस्ता गुणहरु रहेका छन् ।

३८. तराई क्षेत्रको लागि चैते धानको जातहरु के के छन् ?

हर्दिनाथ १, चैते धान २, चैते धान ४, चैते धान ६, बिन्देश्वरी र सि.एच. ४५ जस्ता जातहरु चैते सिजनमा लगाउन सकिने जातहरु हुन ।
३९. बाढी आउने वा पानी बढी हुने जग्गाको लागि धानको कुन कुन जात उपयुक्त हुन्छ ?

स्वर्णा सब १, सावा सब १ जस्ता धानका जातहरु बाढी आउने तथा पानी जम्ने वा बढी हुने ठाँउका लागि उपयुक्त हुन्छ । यो धानको बेर्ना १० देखि १५ दिन सम्म पानीले डुबाउदा पनि मर्दैन ।
४०. तराईको लागि सुख्खा सहन सक्ने धानका जातहरु के के सिफारीश गरिएका छन् ?

तरहरा १, हर्दिनाथ २, सुख्खा धान १, सुख्खा धान २, सुख्खा धान ३, सुख्खा धान ४, सुख्खा धान ५, सुख्खा धान ६ लगायतका धानका उन्नत जातहरु सिफारीस गरिएका छन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार