अक्सिजन, भेन्टिलेटर र आइ.सी.यु बेडकाे तुरून्त व्यवस्थापन गर : जयपुरी घर्ती मगर

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मदनकुमार घर्ती मगर  84 पटक हेरिएको

काठमाडौ । शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती मगरको अध्यक्षतामा कोभिड १९ को नियन्त्रणको बिषयमा भर्चुल बैठक सम्पन्न भएको छ ।

काठमाडौ । शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती मगरको अध्यक्षतामा कोभिड १९ को नियन्त्रणको बिषयमा भर्चुल बैठक सम्पन्न भएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिले कोभिड -१९ नियन्त्रणका लागि पहिलो प्राथमिकतामा अक्सिजन र सिलिन्डरको तुरुन्त व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएको छ । सोमबार  भर्चुअल बैठक बसेर समितिले गम्भीर बिरामीहरुका लागि आइसियु र भेन्टिलेटरसहितको बेडहरुको मात्रा बढाउन भनेको छ ।

यस्तै खोप छिटो भन्दा छिटो सर्वसाधारणलाई उपलब्ध गराउनुपर्ने साथै कोभिड १९ का बिरामीको उपचारमा खटिएका डाक्टर, नर्स लगायत सबै स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री र जोखिम भत्ता तुरुन्त उपलब्ध गराउनुपर्ने लगायतका विषय मन्त्रालयलाई सुझाएको समितिकी सभापति जयपुरी घर्तीले बताइन् ।

समितिले अक्सिजन भर्ने उद्योगहरुमा डाइरेक्ट बिजुलीको व्यवस्था गर्नुपर्ने, लामो समयको निषेधाज्ञाका कारण न्यून आय भएका र खाने बस्ने समस्यामा परेका आमनागरिकहरुलाई उचित राहतको व्यवस्था गर्न भनेको छ ।

उद्योग कलकारखाना लगायत सबै ठाउँमा काम गर्ने मजदुरहरुलाई पीपीइ, माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरुको व्यवस्था गर्नपर्ने, अस्पतालहरुको क्षमताभन्दा बढी कोभिड-१९ का बिरामी लिन नसक्ने घोषणा गरेकोमा यसको यथार्थ बुझ्न र आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने बताएको छ ।

वीर अस्पतालमा कोभिड उपचारको छिटोेभन्दा छिटो स्वास्थ्य उपकरण लगायतको व्यवस्था गरि उपचार सुरु गरिनुपर्ने, प्रधानमन्त्रीको नेतृत्वमा प्रभावकारी संयन्त्र बनाउनुपर्ने, नेपाली सेनाको अस्पतालमा सर्वसाधारणले पनि उपचार पाउने अवस्था बनाउनु पर्ने, सार्वजनिक खरिद ऐनमा संशोधन गरि अक्सिजन, खोप लगायतका आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्नुपर्ने लगायतका कुरामा समितिको बैठकले जोड दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार