लमजुङमा ५.८ म्याग्निच्युडको भूकम्पः ३ जना घाइते, थुप्रै घर भत्किए

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  163 पटक हेरिएको

लमजुङमा आज बिहान ५.८ म्याग्निच्युडको भूकम्प जाँदा भएका क्षतिबारे विवरण संकलन भइरहेको छ।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल अहिले प्रहरीसहितको टोली लिएर घटनास्थल निरीक्षण गरिरहेका छन्।

त्यहींबाट हामीसँग टेलिफोनमा कुरा गर्दै उनले अहिलेसम्म ३ जना घाइते भएको सूचना प्राप्त भएको जानकारी दिए। भूकम्पले थुप्रै घर भत्किएको, चर्किएको उनले बताए।

लमजुङको भुलभुले केन्द्र रहे बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार