सप्तकोसी उच्च बाँध निर्माणबारे भारतसँग सम्झौता

  मनास्लु पोष्ट  547 पटक हेरिएको

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले  सप्तकोसी उच्च बाँध निर्माणबारे भारतसँग सम्झौता भएको बताउनुभएको छ। आफ्नो भारत भ्रमणबारेमा सोमबार बसेको व्यवस्थापिका संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री देउवाले सप्तकोसी उच्च बाँध र सुनकोसी डाइभर्सन निर्माणका लागि डिपिआर तयार गर्न भारतीय प्रधानमन्त्रीसँग सम्झौता गरेको उल्लेख गर्नुभयो ।

‘मैले भ्रमणका क्रममा बाढी र सीमाक्षेत्रमा हुने डुबानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारसँग पनि कुरा राखेको छु’, उहाँले भन्नुभयो, ‘सप्तकोशी उच्च बाँधको डिपिआर तयार गर्ने र सुनकोसी डाइभर्सन निर्माण अघि बढाउने सहमति भारतसँग भएको छ ।’

प्रधानमन्त्री देउवाले माथिल्लो कर्णाली र अरुण तेस्रो निर्माण थाल्न पनि भारतसँग सहमति भएको बताउनुभयो । उहाँले त्यसका लागि भारतीय प्रधानमन्त्रीले चाँडै नेपाल आएर शिलान्यास गर्ने उल्लेख गर्नुभयो ।

व्यवस्थापिका संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री देउवाले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन एक महिनमा टुंग्याउने सहमति भएको जाकारी दिनुभयो ।

प्रधानमन्त्रीले व्यापार सहजीकरणका लागि धनगढीको गौरीफन्टा र पशुपतिनगरसहितका पाँच नाकाको स्तरोन्नति गर्न पनि भारतीय पक्षसँग सहमति भएको बताउनुभयो ।

पारवहन सुविधाका लागि भारतसँग आवश्यक पहल गरिएको बताउँदै उहाँले रेलवे निर्माणसम्बन्धी सर्भेको सहमति पनि भएको बताउनुभयो । ‘नेपालको पर्यटन क्षेत्रको विकासका बारेमा पनि महत्वपूर्ण सम्झौता भएको छ’, उहाँले भन्नुभयो, ‘सुदूरपश्चिममा प्राविधिक शिक्षालय खोल्ने सम्झौता भएको छ । पूर्वपश्चिम राजमार्गको केही खण्ड दु्रतमार्गमा विकास गर्ने टुंगो भएको छ ।’

नेपालको एलपी ग्यासका बुलेटबाट ढुवानीमा भएको अवरोधबारेमा पनि समकक्षी प्रधानमन्त्रीसँग कुरा भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार