तनहुँमा मृत भेटिइन् म्याग्दीकी एक महिला

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  रासस  66 पटक हेरिएको

तनहुँ । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका-८ घर भई हाल शुक्लागण्डकी-२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा  मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी-२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् ।

हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

स्थानीयवासीले बेवारिसे अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार