मगर समुदायले देशभर मनाए भुमे पर्व

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  423 पटक हेरिएको

मन बहादुर पुन

काठमाडौं: मगर समूदायले आज देशभर भुमे पर्व मनाएका छन ।

अघिल्ला वर्ष झैं  मगर समुदायहरुमा भुमे पर्वको  रौनकता नदेखिए पनि यस बर्ष बलपुजा गरेर भुमे पर्व मनाइएका हुन ।

राजधानीमा बस्ने मगरहरूले पनि  तमु ह्युल छोंज धिंकाे भवनमा पुजापाठ गरेर भुमे पर्व मनाइयो। नेपाल मगर संघ केन्द्रीय समिति र भुमे पर्व प्रतिष्ठानको आयोजनामा भएको पर्वमा बागलाल बुढा मगरकाे अध्यक्षतामा समाजसेवी हरिशंकर घर्ती मगर  प्रमुख अतिथि,  लुगुम्याल समाजका अध्यक्ष  हर्क बहादुर घर्ती मगर, थबाङ्गी समाजका अध्यक्ष हिक्मत बुढा मगर, गाैप्रशाद बुढा मगर  अतिथिका रुपमा उपस्थित थिए।

मदन राेका मगरले संयाेजन गरेकाे भुमे पर्व कार्यक्रममा भुजबिर बुढा मगर पुजारी थिए भने कुमारी बुढा मगरले बलपुजा, व्याबस्थापन गरेकि थिइन ।

भुमे पर्वका अवसरमा बाजा फुकाउनुका साथै भूमे नाच नाचसमेत प्रस्तुत गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार