निर्वाचन आयोगले माग्यो माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण

  मनास्लु पोष्ट  607 पटक हेरिएको

काठमाडौं, १३ भाद्र । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई प्रचार प्रसारमा संग्लन भएको जानकारी आयोगमा पेश भएपछि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरेको छ ।

आगामी असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा वीरगञ्जमा सोमबार घरदैलो कार्यक्रममा नेता नेपालसहितका नेता तथा कार्यकर्ताले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाएको पाइएकाले प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

आयोगको निर्णयमा भनिएको छ : ‘‘निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनाव चिन्ह अंकित टोपी लगाई चुनावी प्रचार प्रसारमा संलग्न पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता श्री माधवकुमार नेपाल तथा नेकपा (एमाले) लाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेउपर कारबाही किन नगर्ने भन्नेसम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार