धनकुटाका विपन्न परिवारलाई राहत वितरण

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  201 पटक हेरिएको

मन बहादुर पुन
काठमाडौ । मिग फाउन्डेसन नेपालको सहयोगमा नेपाल मगर सांस्कृतिक संघको संयोजकत्वमा, मगर हुर्रा देउसी समिति, चौबिसे गाँउपालिका मगर संघको सहकार्यमा स्थानिय जनप्रतिनिधि र समाजसेवीहरुको सहभाहितामा धनकुटा चौबिसे गाँउपालिका वडा नं .१ मुक्तरा , फेदाबजुङ  र वडा नं. २ मुढेबासका २२ जना पीडितहरुलाई राहत वितरण गरेको छ ।
पीडितहरुलाई राहत वितरणको लागि धनकुटाबाट मोरङ लेटाङ सम्म युवा ब्यवसायी तथा हाइड्रो सर्भिसका सञ्चालक राजेस्वर मगरले यातायात निशुल्क गरेकाथिए ।

राहत वितरणमा सहभागी युवा ब्यवसाय अटल राना मगर र, यातायात चालक सन्तोस खुलाल मगर, वडा नंं १ का जनप्रतिनिधि दिल बहादुर पाङमी मगर, सफल ब्यवसाय तथा स्थानीय शिक्षक पुर्ण खुलाल मगर, वडा सचिब सुबास सारु मगर, भूपू नेपाली सेनाको जम्दार तथा मुढेबास माविका अध्यक्ष दल बहादुर गौरु मगर, समाजसेवी तथा श्री जनता निमाविका अध्यक्ष राम बहादुर मगर, सामजसेवी सिंह बहादुर मगर, प्राध्यापक सुनिल केप्छाकी मगर, शिक्षक तिलक मगर नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष कबिराज मगरले धन्यबाद दिएकाछन ।

आपत विपतको घडिमा पीडितहरुलाई मलम लगाउन मुख्य भुमिका निभाउनु हुने समाजसेवी तथा सफल ब्यवसाय मिग नेपालका अध्यक्ष सुमन थापा मगर, म पीडितको आँसु पुस्छु साथै दुखेको घाउमा केही मलम लगाउछु भनी मिग फाउन्डेसन नेपाललाई सम्हाल्नुहुने संयोजक तथा नेपाल मगर सांस्कृतिक संघ केन्द्रका सल्लाहकार अनिता राना मगर, लगायत मिग फाउन्डेसन नेपालको सम्पुर्ण परिवार साथै देश विदेशबाट सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी प्रती आभारी छौ कबिराज मगरले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार