ज्वाला संग्राैला समूहलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

  Manaslu Post  154 पटक हेरिएको

काठमाडौं : ​सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनका समूहका २ जनामाथि अनुसन्धान गर्न ३ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ।

काठमाडौं जिल्ला अदालतले तीन दिन थुनामा राखी अनुसन्धान गर्ने अनुमति दिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

उनले भने, ‘थप अब अनुसन्धान गर्छौ।’ कुटपिट र रंगभेदी अभद्र व्यवहारको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेका थियो। उनीहरुले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दुर्व्यवहार गरेकाे आराेप पनि लागेकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार