रहेनन् बलिउडका दिग्गज कलाकार दीलिप कुमार

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  108 पटक हेरिएको

काठमाडौं । बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार जुन ३० मुम्बईको हिन्दुजा अस्पतालमा भर्नामा भएका उनको  उपचारका क्रममा बुधबार बिहान ७ः३० बजे निधन भएको हाे । उनी ९८ वर्षका थिए । विभिन्न रोगले सताएका उनी यसअघि जुन ६ मा पनि अस्पताल भर्ना भएर उपचारपछि डिस्चार्ज्ड भएका थिए ।

बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका दीलिपकुमारले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए।  यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। उनको वास्तविक नाम युसुफ खान हो ।

देवदास (१९५५), नयाँ दौर (१९५७), मुघल-ए- आजाम (१९६०), गंगाजमुना(१९६१), क्रान्ति (१९८१), कर्म (१९८६) लगायत फिल्ममा उनको अभिनय निकै सशक्त छ ।

उनले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए। भारतमा मात्र होइन उनले पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान-ए-इम्तियाजबाट पनि सम्मानित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार