कुन प्रदेशमा निर्वाचन क्षेत्र कति ? (सूचीसहित)

  मनास्लु पोष्ट  1067 पटक हेरिएको

काठमाडौँ । संघीय संरचना अनुसार अब केन्द्रमा १६५ र प्रदेशमा ३३० वटा निर्वाचन क्षेत्र कायम हुने भएका छन् । निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार प्रतिनिधिसभा १६५ सदस्यीय हुनेछ भने सातवटा प्रदेशसभामा ३३० जना सदस्य हुने भएका छन् ।

आयोगका संयोजक कमल नारायण दासले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएको प्रतिवेदनमा केन्द्र सभाका लागि १६५ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

त्यसैगरी सातवटा प्रदेशस्थित प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र निर्धारण गरिएको हो । आयोगले जनसंख्याको आधारमा ९० प्रतिशत निर्वाचन क्षेत्र कायम गरेको हो भने भूगोलको आधारमा केबल १० प्रतशित मात्रै निर्वाचन क्षेत्र कायम गरिएको छ ।

कुन् प्रदेशमा कति निर्वाचन क्षेत्र

प्रतिनिधिसभा अर्थात केन्द्र सभातर्फ
प्रदेशन नंं १ मा २८ वटा
प्रदेशन नंं २ मा ३२ वटा
प्रदेशन नंं ३ मा ३३ वटा
प्रदेशन नंं ४ मा १८ वटा
प्रदेशन नंं ५ मा २६ वटा
प्रदेशन नंं ६ मा १२ वटा
प्रदेशन नंं ७ मा १६ वटा

प्रदेशसभातर्फ

प्रदेशन नंं १ मा ५६ वटा
प्रदेशन नंं २ मा ६४ वटा
प्रदेशन नंं ३ मा ६६ वटा
प्रदेशन नंं ४ मा ३६ वटा
प्रदेशन नंं ५ मा ५२ वटा
प्रदेशन नंं ६ मा २४ वटा
प्रदेशन नंं ७ मा ३२ वटा

कुन जिल्लामा कति निर्वाचन क्षेत्र ?

प्रदेश नम्बर १
मोरङमा ६ निर्वाचन क्षेत्र
झापामा ५ निर्वाचन क्षेत्र
सुनसरीमा  ४ निर्वाचन क्षेत्र
इलाममा २ निर्वाचन क्षेत्र
उदयपुरमा २ निर्वाचन क्षेत्र
एक नम्बर प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलखुम्बु, ओलखढुंगामा एक एक क्षेत्र निर्धारण भएका छन् ।

प्रदेश नम्बर २ मा
धनुषामा ५ निर्वाचन क्षेत्र
यस्तै सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, रौतहट र बाराले चार/चार निर्वाचन क्षेत्र
पर्सामा ३ निर्वाचन क्षेत्र

प्रदेश नम्बर ४ मा
कास्कीमा ३ निर्वाचन क्षेत्र
गोरखा, स्याङ्जा तनहुँ, बागलुङ र आधा नवलपरासीले दुई/दुई निर्वाचन क्षेत्र
लमजुङ, मनाङ, पर्वत, म्याग्दी र मुस्ताङमा एक/एक निर्वाचन क्षेत्र

प्रदेश नम्बर ६ मा
सुर्खेत २ निर्वाचन क्षेत्र
दैलेख २ निर्वाचन क्षेत्र
अन्य सबै जिल्लामा प्रतिनिधिसभाका एक-एक निर्वाचन क्षेत्र हुनेछन् ।

प्रदेश नम्बर ७ मा
कैलाली ५ निर्वाचन क्षेत्र
कञ्चनपुरमा ३ निर्वाचन क्षेत्र
अछाममा २ निर्वाचन क्षेत्र
अन्य जिल्लाहरु डडेलधुरा, डोटी, बाजुरा, बझाङ, बैतडी र दार्चुलामा एक-एक निर्वाचन क्षेत्र कायम भएका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार