दशैँ तिहारका लागि भदाै २२ गतेदेखि टिकट बुकिङ खुल्ला

  मनास्लु पोष्ट  252 पटक हेरिएको

नेपाल यातायात व्यवस्था विभागले दशैँ तिहारका लागि भदाै २२ गतेदेखि टिकट बुकिङ खुल्ला गरेको छ।

शुक्रबार बसेको विभागको बैठकले दशैँ तिहार र छटका लागि टिकट बुकिङ खुल्ला गरेको विभागका प्रवक्ता टोपराज पाण्डेले जानकारी दिए।

देशैँ तिहार जस्ता चाडपर्वमा धेरै मानिहरु आफ्नो घर फर्कने हुँदा विभागले हरेक वर्ष चाडपर्वलाई केन्द्रित गरेर टिकट बुकिङ खुल्ला गर्ने गर्दछ।

विभागको बैठकमा नेपाल यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी लगायत यातायातसँग सम्बन्धी विभिन्न निकायहरु सहभागी थिए।

विभागले भाडा दरमा कुनै पनि घटबढ नभएको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार