चितवन, १६ भदौ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनको प्राविधिक टोलीले आज भारतको वाल्मिकी टाइगर रिजर्वबाट एउटा वयस्क पोथी गैंडाको उद्धार गरेको छ ।
आज साँझ नियन्त्रणमा लिइएको गैंडा आजै चितवन ल्याइँदै गरेको उद्धार टोलीमा रहेका निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
साँझ भारतबाट हिडाइएको गैंडा राति चितवनको रत्ननगरस्थित सौराहामा ल्याइपुर्याउने र शनिबार बिहान निकुञ्जमा छाडिने अर्यालले जानकारी दिए । यो सँगै भारतबाट उद्धार गरिएको यो सातौं गैंडा हो ।