काठमाडौं, १८ भदौं – आजदेखि एक साता सम्म ५१ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।
अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरले ३८ औं राष्ट्रिय शिक्षा दिवस र ५१ औं अन्तराष्ट्रिय साक्षरता दिवस साता व्यापी मनाउने भएको हो ।
केन्द्रका अनुसार अझै ३७ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न बाँकी रहेकाले आजदेखि अभियानात्मक दिवस मनाउने भएको हो । यसबर्षको नारा “संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार” भन्ने मुल नारासहित विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।
दिवसको अन्तराष्ट्रिय नारा भने “ प्रविधी युवसापेक्ष सारक्षरता ” भन्ने रहेको छ । सबै जिल्लालाई पूर्णसाक्षर बनाउने घोषणा गरे पनि अझै केहि जिल्ला बाँकी रहेको केन्द्रको भनाई छ ।