काठमाडौं, १९ भदौं – व्यवस्थापिका संसद अन्तरगतको राज्य व्यवस्था समितिको बैठक जारी छ । समितिको बैठकमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धी विधेयकमाथि छलफल भइरहेको छ ।
गत शुक्रवारको बैठकमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन विधयेकबारे समेत छलफल गर्न बसेकोे बैठक थ्रेस होल्डको विवादले निष्कर्षमा पुग्न नसकेपछि बैठक पुनः बसेको हो । निर्वाचन आचारसंहिता जारी भइसक्दा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी कानुन तयार नभएपछि संसद्को राज्यव्यवस्था समितिले दुवै विधेयक ‘फास्ट ट्र्याक’बाट पारित गर्ने गरि तयारी छ ।
बैठकमा प्रतिनिधिसभा र प्रदेशसभासम्बन्धी विधेयक पारित हुन कठिन भए र कांग्रेसभित्र सहमति नभए मतदान प्रक्रियाबाट भए पनि संसद्मा विधेयक प्रस्तुत गर्ने जानकारी सम्बद्ध स्रोतले दिएको छ ।