नेपाल आउने अनुमति माग्दै दिल्ली अदालतमा ज्याकलिन

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  215 पटक हेरिएको

ठग सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण अदालतमा मुद्दा खेपिरहेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज विदेश भ्रमणका लागि अनुमति माग्दै अदालत पुगेकी छिन्।उनले दिल्ली अदालतसँग १५ दिनका लागि विदेश भ्रमणको इजाजत दिन आग्रह गरेकी छिन्। उनले तत्कालका लागि अबुधाबीमा हुने आइफा अवार्डमा जानका लागि इजाजत मागेकी छिन्।

आबुधाबीपछि ज्याकलिनले फ्रान्स र नेपालको भ्रमणका लागि पनि अदालतसँग अनुमति मागेकी छिन्। दिल्ली अदालतले अनुमति दिएको खण्डमा आगामी जेठ १४ मा ज्याकलिन नेपाल आउने कार्यक्रम रहेको छ।

ज्याकलिन सलमान खानको दबंग टुरमा नाच्नका लागि नेपाल आउन लागेकी हुन्।

उनलाई आइतबार मात्रै मुम्बई प्रहरीले एयरपोर्टबाट घर फिर्ता पठाएको थियो। बाहिर कतै उड्न लागेकी ज्याकलिनलाई प्रहरीले लामो सोधपुछ गर्दै अदालतको अनुमतिबिना एक ठाउँबाट अर्को ठाउँ जान नपाइने भन्दै फिर्ता पठाएको थियो।

सुकेशको ठगी कान्डमा मतियार हुन सक्ने आशंकामा मुम्बईको इन्फोर्समेन्ट डिरोक्टरेट (इडी)ले उनमाथि पनि मुद्दा दायर गरेको छ।

इडीले सुकेशबाट उनले विभिन्न समयमा महंगा महंगा सामान गिफ्ट लिएको र ७ करोडभन्दा बढी पैसा लिएको आरोप लगाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार