फलफूल र जडीबुटी खेती गर्न चाहनेलाई बैंकले धेरै ब्याज लिन नपाउने

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  215 पटक हेरिएको

बैंक तथा वित्तीय संख्याले फलफूल  एवम् जडीबुटी उत्पादन तथा प्रशोधन गर्ने परियोजनामा धेरै ब्याज लिन नपाउने भएका छन्।त्यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २ प्रतिशतसम्म मात्रै प्रिमियम थप्नुपर्ने भएको हो।

नेपाल राष्ट्र बैंकले आज सर्कुलर जारी गर्दै बैंकको आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम थपेर आवधिक कर्जा वितरण गर्नुपर्ने बताएको छ।

तर यस्तो ब्याजदर जग्गा खरिद गर्न भने उपलब्ध नहुने बताएको छ। फलफूल खेती, जडीबुटी खेती र त्यसको प्रशोधन  गर्नका लागि मात्रै बैंकको ब्याजदर कम गर्न राष्ट्र बैंकले भनेको हो।

यस्तो २ प्रतिशत मात्रै प्रिमियम थप हुने सुविधा योभन्दा अघि १०० बेडसम्मको अस्पतालको लागि २० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्दा दिएको थियो। त्यस्तै अक्सिजन प्लान्ट स्थापना गर्दा र महामारीजन्य रोगको खोप उत्पादन गर्ने प्रयोजनमा कर्जा लिँदा समेत यो सुविधा दिँदै आएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार