एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  150 पटक हेरिएको

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी र पालिटब्यूरोको बैठक बस्ने भएको छ। आगामी असार १० र ११ गते बैठक बस्ने कार्यसूची रहेको छ ।

बैठकमा गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको समीक्षा हुने बताइएको छ। १० गते पोलिटब्यूरो र ११ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको हो।

बैठकले आगामी संसदीय निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारेमा पनि छलफल गर्नेछ। प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन आवश्यक रणनीतिबारे छलफल हुने छ ।

बैठकले यसअघि बसेको स्थायी कमिटीको बैठकका निर्णय अनुमोदन गर्नेछ। त्यस्तै, १३ र १४ गते केन्द्रीय परिषदको बैठक बस्नेछ।

परिषदको बैठकमा देशभरका प्रत्येक निर्वाचित क्षेत्रबाट एकजना महिला र पुरुषको सहभागिता हुने छन् । उक्त बैठकमा देशभरबाट ५ सय बढी प्रतिनिधि उपस्थित हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार