भदौ २०, काठमाडौं । नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्टस् (नारा)को अध्यक्षमा निमबहादुर मगर विजयी भएका छन् । आज राजधानीमा सम्पन्न नाराको निर्वाचनबाट मगरले अध्यक्षका अर्का प्रत्यासी गंगा नेपाललाई ६ मतले पछि पार्दै अध्यक्षमा बिजयी भएका हुन ।
कुल ६० मत खसेकोमा मगरले ३२ मत पाएका थिए भने नेपालले २६ मत प्राप्त गरेका थिए । एक मत बदर भएको थियो । त्यस्तै उपाध्यक्षमा कमल ठकुरी ३७, सचिवमा भिष्मराज थपलियाले ३३, मत प्राप्त गरेका थिए । महासचिवमा शिव अधिकारी र कोषाध्यक्षमा शिशिर खनाल, सहकोषाध्यक्षमा रिता अधिकारी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा राजु खड्काले ४०, विष्णुहरी सिलवालले ३४ र उद्धब कडेलले ३७ मत प्राप्त गरि विजयी भएका हुन ।