नागरिक सम्मान २०७९ द्वारा विश्वकिर्तिमानी गायक एंव संगीतकार लक्षु प्रकाश मल्ल सम्मानित

  मन बहादुर पुन  87 पटक हेरिएको

काठमाडौँ – गायक एंव संगीतकार लक्षु प्रकाश मल्ल ‘नागरिक सम्मान-२०७९’ द्वारा सम्मानित भएका छन । नागरिक पोस्ट डटकम को आठौँ बार्षिक उत्सबको अबसरमा आयोजित नागरिक सम्मान कार्यक्रममा मल्ल सम्मानित भएका हुन । काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित बिसेष समहरोहमा विरक्ति सहित समाजमा योगदान पुराउनु भएका फरक विधाका व्यक्तित्व हरु सम्मानित गरेका थिए ।

सांगीतिक कोसेलीहरुमा शब्द रचना , संगीत तथा स्वर मात्र नभई संगीत संयोजनमार्फत आम श्रोताको मनमा बस्दै लामो सांगीतिक यात्रा तय गर्न अनबरत रुपमा नेपाली सांगीतिक क्षेत्रमा छन मल्ल ।

मल्लले संगीतमा विश्वकिर्तिमानी कायम गरेका छन भने नेपालकै सबैभन्दा लामो गीत गाएर कृयतिभ रेकर्डस नेपालमा आफ्नो नाम दर्ता गरेका छन ।

बरिष्ठ पत्रकार भैरब रिसालको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व रक्षा मन्त्रि एबम प्रतिनिधि सभा सदस्य भिमसेन दाष प्रधान , पूर्व युवा तथा खेलकुद मन्त्रि एबम प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ्ग , बागमती प्रदेश सभा सदस्य एबम पूर्व मन्त्रि केशब राज पाण्डे , संबिधान सभा सदस्य एबम नेपाली कांग्रेस का युबा नेता जगदिश्वर नरशिङ्ग केसी , बरिष्ठ कलाकार राजाराम पौडेल , बरिष्ठ कलाकार कुमार बस्नेत , तत्कालिन राजा परिसदका सदस्य उत्तम कुमार परियार, समाजसेबी राजेश्वरी श्रेष्ठ , युवा नेता नवराज घिमिरे , बरिष्ठ गायक शिब नारायण जोशी लगायत अथितिहरुको उपस्थितिमा बार्षिक उत्सब कार्यक्रमका मनाईएको हो ।

नेपाली गीत संगीतको फरक फरक बिधामा मल्लले पुर्याएको सांगीतिक योगदानको उच्च सम्मान गर्दै मल्ललाई सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार