काठमाडौं । हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही तीजको अबसरमा सञ्चारकर्मी, गायक, सर्जक राजकुमार रायमाझीको शब्द लयमा नाँचेर भाइरल हुने हो बजारमा ल्याकाछन ।
सञ्चारकर्मी गायक सर्जक राजकुमार रायमाझी र गायत्री राना मगरको स्वरमा रहेको नाँचेर भाइरल हुने हो गीतमा भुवन बडुकोको संगीत संगीत संयोजन र मनोज डंगोलको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
ज्योतिष हरिहर खरेल र गीता खरेलको प्रस्तुती रहेको यस गीतको भिडियोमा कमल वली, राज कुमार रायमाझी, राम प्रसाद पाठक, गायत्री राना मगर, रुवी खरेल, विनु सुबेदी, निर्मल कार्की लगायत कलाकारको अभिनय तथा नृत्य रहेको छ ।
राज कुमार रायमाझीको निर्देशन, मनिषा राइको नृत्य निर्देशन, मन बहादुर पुनको छायांकन सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन मनास्लु मिडिया प्रा. लि. रहेको छ । गीतको भिडियो ज्योतिष हरिहर खरेल मार्फत् सार्वजनिक गरिएको हो ।
सञ्चारकर्मी गायक सर्जक राजकुमार रायमाझीको यसअघिका थुप्रै गीतहरु पनि श्रोता, दर्शकमाझ लोकप्रिय रहेका छन् ।