एकीकृत समाजवादीले बनायो घोषणापत्र तयारी समिति

  Manaslu Post  93 पटक हेरिएको

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड बनाउन नेताहरुलाई जिम्मेवारी तोकेको छ।

बुधबार पार्टी कार्यालय आलोकनगरमाा बसेको सचिवालयको बैठकले घोषणापत्र तयार गर्न नेताहरु प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको महासचिव बेदुराम भूसालले जानकारी दिए ।

त्यस्तै बैठकले उम्मेदवार छनोटको मापदण्ड र विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव बेदूराम भुसाललाई दिएको छ । निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहसचिव गंगालाल तुलाधरले पाएका छन् ।

त्यस्तै निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्ने जिम्मा पार्टीको कानून विभागलाई दिइएको महासचिव भूसालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार