अमेरिकी अभिनेत्री हर्डलाई अश्लील फिल्म खेल्न अफर

  Manaslu Post  72 पटक हेरिएको

अमेरिकी अभिनेत्री एम्बर हर्डलाई एक कम्पनीले अश्लील फिल्म खेल्ने प्रस्ताव गरेको छ।जेन्स मोडल्स नामक अडल्ट फिल्म कम्पनीले आगामी एक्स–रेटेड मुभीको लागि हर्डलाई प्रस्ताव गरेको हो।

केही समयअघि मात्र हर्डले आफ्ना पूर्वपति जोनी डेपसँगको मुद्दा हारेकी थिइन्। अदालतले उनले १ करोड ३ लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ। यद्यपि उनले अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएकी छिन्।

जेन्स मोल्डल्सले भने हर्डलाई पूर्वपतिलाई तिर्नुपर्ने ऋण पनि तिरिदिने प्रस्ताव गरेको छ।

उक्त अश्लील वेबसाइटले उनलाई संकटको समयमा ८० लाख डलर पारिश्रमिक र थप १० लाख डलर एसीएलयू एण्ड चिल्ड्रेन्स हस्पिटलका लागि दिने कम्पनीले बताएको छ।

कम्पनीले यो प्रस्ताव मञ्जुर भए अन्य विषयमा थप छलफल गरिने बताएको छ।

कम्पनीले यो प्रस्तावले उनको व्यक्तिगत आर्थिक समस्या पनि समाधान हुने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार