बाजुराका तीनै धाममा यस वर्ष १० हजार बढी तीर्थ यात्री सहभागी

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  राज कुमार रायमाझी  74 पटक हेरिएको

बाजुरा । सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल बडीमालिका, बुढीनन्दा, स्वामीकार्तिक र खप्तड बाजुरामै रहेका छन् । बडीमालिकामा चतुर्दशी अर्थात् मूलपूजा गर्न मेला लाग्छ । जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटक, बाजुरास्थित सरकारी कार्यालयको पूजाटोली र स्थानीय पर्यटकसहित भक्तजन परम्पराअनुसार सोमबार मेला भर्न त्यसतर्फ लागेका हुन् ।

गत वर्ष कोरोनाका कारण तीर्थयात्री कम गए पनि यस वर्ष भने १० हजार बढी तीर्थयात्री मेला भर्न गएको कुरा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जनकारी दिएका छन् । बडीमालिका पूजा गर्ने डोटीको सरकारी पूजाटोली हिंडिसकेको छ । अछामको बैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्पराअनुरूप यो टोली १५ दिनअघि प्रस्थान गरेको हो । यस क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको हो । यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा बाह्य पर्यटकसमेत यसै बेला बडीमालिका पुग्ने गर्दछन् । २२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षणहरू हुन् ।

करिब १४ हजार फिट उचाइमा रहेको भूमिमा रहेका समथर हरिया फाँट, अनि त्यसमाथि फुलेका दर्जनांै प्रजातिका पूmलको रमणीयता हेर्दा बडीमालिका साँच्चै प्रकृतिको अनुपम उपहार भएको अनुभव हुने यहाँ पुगेकाहरू बताउँछन् । औपचारिक पूजाआजा गर्नुपर्ने परम्पराअनुसार छिमेकी जिल्ला अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पुजा टोलीसहितका तीर्थयात्री बडीमालिका प्रस्थान गरेका हुन् । बडीमालिका पूजामा डोटीटोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा बिदा दिने प्रचलन अहिले पनि कायमै छ ।

बाजुराको भूमिबाट बडीमालिका पुग्न तोकिएको स्थानमा बसेर तीन दिन लगाउनै पर्ने परम्परा छ । सोही मान्यताअनुसार जिल्लाभित्रका तीर्थयात्री त्यसतर्फ हिंडेका हुन् । अरू वर्षभन्दा यस वर्ष भक्तजनको उपस्थिति कोभिडका कारण केही कम भएको कुरा पुजारी भानुभक्त जोशीले बताए । बाजुराका त्रिवेणी नगरपालिकामा पर्ने बडीमालिकाको धार्मिक तथा पर्यटकीय महत्व विशिष्ट छ । मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउँछन् । स्कन्दपुराणमा उल्लेख भएअनुसार दक्ष प्रजापतिको यज्ञमा महादेवकी अर्धांगिनी सत्यदेवी होमिएर प्राण त्याग गरेपछि महादेवले सत्यदेवीको मृत शरीरलाई बोकेर पदयात्रा गर्दै जाने क्रममा मल्लागिरी पर्वतमा सत्यदेवीको बायाँ अंग पतन भएको थियो । यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्ति पीठका रूपमा स्थापित भएको हो । बडीमालिका तीर्थयात्रामा गएका गरेको डोटीका भरतदास श्रेष्ठले भने, ‘बडीमालिकाको महिमा सुनेर पहिलोपटक त्यहाँ जान आएको हुँ ।’

हाजिरीजवाफमा पनि प्रायः नसोधिने भएकाले धेरैलाई थाहा छैन । तिलिचोपछि दोस्रो उचाईमा रहेको ताल पनि नेपालमै पर्छ, बाजुराको बुढीनन्दा क्षेत्रमा । धार्मिक आस्था र अपार प्राकृतिक छटाको सुन्दरताले महत्वपूर्ण बुढीनन्दा क्षेत्रमा रहेको ताल विश्वमै दोस्रो उचाईमा रहेको तथ्य सार्वजनिक भएपछि यस’bout चाँसो बढ्न थालेको छ । बुढीनन्दा देवी थापनको पटासँगै चट्टान नै चट्टानबीच ठूलो ताल छ । यस वरिपरि अरू ९ वटा ताल पनि छन् । मुख्य तालको उचाई समुन्द्री सतहबाट ४ हजार ५ सय ८१ मिटर रहेको छ । तालको लम्बाई, चौडाई तथा गहिराई’bout आधिकारिक तथा विस्तृत अध्ययन भने सरकारी निकायबाट भएको छैन ।

बुढीनन्दाका क्षेत्र प्राकृतिक सुन्दरताको अनुपम उहाहरण हो । ‘मुख्य तालको वरिपरि परिक्रमा गर्न झन्डै डेढ घण्टा लाग्छ’ स्थानीय बासिन्दा रामबहादुर बोहराले बताए । यो ताल ठूला पहाडबीच गोलो आकारमा रहेको छ । स्थानीय बासिन्दा नवीन शाहीले दिएको जानकारीअनुसार त्यस क्षेत्रमा फूलदह, चरीताल, कैलाश ताल, महादेव महारुद्र ताल, राक्षेशीताल, मस्टाताला, सुनन्दा ताल, बुढीनन्दा ताललगायतका नौवटा ताल छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार