सुन तस्करीमा मुछिए गृहमन्त्रीका पीएसओ

  Manaslu Post  42 पटक हेरिएको

गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ (व्यक्तिगत सुरक्षा अधिकारी) प्रहरी प्रधान कार्यालय तानिएका छन्।

सुन तस्करी प्रकरणमा मुछिएपछि प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) टंक कार्कीलाई हेडक्वार्टर तानेर छानबिन थालिएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए।

कार्कीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीएसपीको कमाण्डमा समिति बनाएको छ। उनी विरुद्ध प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी परेको थियो।

उनले सुन तस्करीमा संलग्न व्यक्तिसँग हिरासतबाटै चार लाख रुपैयाँ लिएको आरोप छ। सुन तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर गौशाला वृत्तमा राखिएको थियो।

असार १६ गते पक्राउ परेका अभियुक्त असार २७ गते छुटेका थिए। दुबईबाट ६ जनाले ५० ग्रामका दरले सुन ल्याएको तर ती एक जनाले मात्रै सम्बन्धित व्यक्तिलाई नदिएपछि उनी पक्राउ परेका थिए।

अन्य ५ जनाले भने सम्बन्धित व्यक्तिलाई सुन बुझाएको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार