पौष १ गते शनिबार मनास्लु राष्ट्रिय अवार्ड हुदै

  मनास्लु पोष्ट  872 पटक हेरिएको


काठमाडौँ। मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार…मनास्लु पोष्टको आयोजनामा मनास्लु राष्ट्रिय अवार्ड २०६४ आगामी पौष १ गते शनिबार राष्ट्रिय नाच घर जमल काठमाडौमा हुने भएको छ ।
बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप मनास्लु पोष्टको शुभारम्भको अबसर पारेर कार्यक्रम गरिने मनास्लु पोष्टका अध्यक्ष मन बहादुर पुनले जानकारी दिनुभयो ।
राष्ट्रलाई बिशेष योगदान पु¥याएका विभिन्न क्षेत्रवाट १३ जना व्याक्तित्वहरु साहसिक हिमाल आरोही , पर्यटन गाईड, समाजसेवी पुरुष १ महिला १ पुरुष, संस्कृतविद्, उद्दोगी, व्यावसायी, खेलाडी, गायक, गायीका, मोडल, शिक्षासेवी, पत्रकार, बर्षको ब्यक्तित्व बिधा लगाएत ११ जना कलाकारहरुलाई श्रष्ट्रा अवार्ड प्रदान गरिने मनास्लु पोष्टका अध्यक्ष मन बहादुर पुनले बताए ।
राष्ट्र र समाजलाई बिशेष योगदान पु¥याउने व्याक्तीहरुलाई सम्मान पुरस्कृत गर्ने संस्कारको विकास गर्नु पर्छ भन्ने मान्यतालाई स्थापित गर्नका लागि एक विधा एक स्टार मनास्लु राष्ट्रिय अर्वाड २०७४ आयोजना गरिएको कार्यक्रममा मौलिकता झल्किने खालको विविध सांस्कृतिक प्रस्तुति रहने कार्यक्रमलाई टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिनुका साथै कार्यक्रममा बुद्धिजीवी, व्यापारी, समाजसेवी, नेपाली चलतित्र र कला संस्कृतिलाई माया गर्ने दर्शकहरु अवार्ड समारोहमा सहभागिता गराउने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार