काठमाडौ । भुमे गाँउपालिका १ लुकुम पुर्वि रुकुममा निर्माण भएको मगर जातिको अमुर्त संस्कृति बोकेको “झाँक्रि मेला” वृत्तचित्र यहि असोज ६ गते बिहिबार दिउसो १ बजे सांस्कृतिक संस्थान, राष्ट्रिय नाँचघर, जमल, काठमाडौमा बिशेष पर्दशन हुने भएको छ ।
नेपाल मगर संघ, केन्द्रिय समिति, सञ्चार तथा प्रकाशन बिभागको प्रस्तुती र लुगुम्याल समाज, काठमाडौको ब्यबस्थापनमा तयार गरिएको मगर जातिको अमुर्त संस्कृति “झाँक्रि मेला” साउने सकरातीको अवसरमा लुकुममा आयोजना गरिएको झाँक्री नाँच तथा सिस्नो खेल्ने पर्वमा छायांकन गरिएको थियो ।
मगर जातिको अमुर्त संस्कृति बोकेको “झाँक्रि मेला”को छायांकन मन बहादुर पुन मगर, श्रृष्टी बुढा मगर, (ड्रोन) अनिस घर्ती मगर, कथा/परिकल्पना/ निर्माण नियन्त्रक हर्क बहादुर घर्ती मगर, ब्यबस्थापन लुगुम्याल समाज, र निर्देशन÷छायांकन मन बहादुर पुन मगरको रहेको छ ।
यसैगरि नेपाल मगर संघ, केन्द्रिय समितिका महासचिब टेक बहादुर नाम्जाली मगर, मगर लेखक संघ केन्द्रीय समितिका अध्यक्ष डा. बिष्णु कुमार सिंजाली मगर, मगर प्रकृति पुजक समाजका अध्यक्ष नन्द घर्ती मगर झाँक्रि मेलामा सहभागी भएका थिए भने भुमे गाँउपालिका १ लुकुमका अध्यक्ष मनकाजी पुन मगर, पुर्व अध्यक्ष रामचन पुन मगर, आर्थिक प्रमुख धनराज पुन मगर र तारा पुन मगर, प्रगन्ड पुन मगर, श्री प्रशाद बुढा मगर, दिल कुमारी बुढा मगर, कर्म पुन मगर, श्री बहादुर पुन मगर, कुमारी पुन मगर, तारा पुन मगर ब्यबस्थापनमा सहयोग गरेका थिए ।