जाजरकोटी समाज काठमाडौ नेपालले आज एक विशेष कार्यक्रम गरि बहुआयामिक व्यक्तित्वका धनि दिवंगत शेरबहादुर अधिकारीको प्रथम स्मृति सभा तथा दशै, तिहार, नेपाल संवत् ११४३, छठ पर्व २०७९ को उपलक्ष्यमा शुभकामना आदान(प्रदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौ रामशाह पथ, भृकुटीमण्डप स्थित पद्योदय माध्यमिक विद्यालयको सभाहलमा जाजरकोटी समाज काठमाडौ नेपालका अध्यक्ष यज्ञबिक्रम शाहीको सभाध्यक्षता र राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति तथा नेपाल कम्युनिस्ट पार्टी ९ माओवादी केन्द्र० का स्थायी समिति सदस्य माननीय मायाप्रसाद शर्माको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पेसा व्यवसाय, अध्ययन, राजनीति र स्थायी रूपले काठमाडौंमा बसोबास गर्ने सम्पूर्ण जाजरकोटीहरूको सहभागिता रहेको थियो ।
सदाका झै यस वर्ष पनि शुभकामना आदान( प्रदान तथा चियापान कार्यक्रम गरिएको हो भने यस जाजरकोटी समाज काठमाडौं नेपाल को वैधानिक स्थापनामा अमूल्य भूमिका खेल्नुहुने बहुआयामिक व्यक्तित्वका धनि स्वर्गीय शेरबहादुर अधिकारीको प्रथम स्मृति सभा मनाईएको हो । अधिकारीको गत वर्ष २०७८ भदौँ ३० गते अल्पायुमै निधन भएको थियो । उक्त कार्यक्रममा जाजरकोट जिल्लाबाट विभिन्न राजनीतिक पार्टीको प्रतिनिधित्व गर्ने नेताहरू, बौद्धिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पुर्व सांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य कृष्ण बहादुर शाही, पुर्व सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य गोबिन्द बिक्रम शाह, पूर्व सांसद तथा नेपाली काग्रेस केन्द्रीय सदस्य राजिव बिक्रम शाह, डा. के. बि। रोकाय, ईन्जिनियर निरज शाह, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामदिप आचार्य, नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्य, एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य कृष्ण बि सी, अन्तराष्ट्रिय प्रशिकक तथा युवा नेता नरबहादुर कार्की, नेकपा एमाले जाजरकोटका जिल्ला अध्यक्ष खिमबहादुर शाही, नेपाली काग्रेस जाजरकोटका जिल्ला सभापति बेदराज सिंह लगाएत आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि, विशिष्ट अतिथि लगाएत अतिथिहरूले जाजरकोटी समाज काठमाडौं नेपालले सामाजिक क्षेत्रमा खेलेको महत्त्वपूर्ण भूमिकाको बारेमा प्रशंसा गर्नुका साथै स्वर्गीय शेरबहादुर अधिकारीले जाजरकोटको समग्र शिक्षा, सिर्जना, राजनीति , कला संस्कृति र मौलिक गीत संगितमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
जाजरकोटी समाज काठमाडौं नेपाल विशुद्ध सामाजिक संस्था हो । काठमाडौंमा रहने जाजरकोटीहरूलाई भावनात्मक रूपमा जोड्ने र भैपरी आउने सामुहिक समस्याहरूलाई साहुहिक रूपमै निकाकरण गर्ने उद्देश्यका साथ स्थापना गरिएको साझा संस्था हो ।