बडादसैं बिशेष : यस्ताे छ दसैं मन्त्र

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  121 पटक हेरिएको

बडादसैंका बेला मान्यजनका हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्ने गरिन्छ । दुर्गाभवानीको प्रसाद स्वरूपका टीका र जमरा ग्रहण गर्ने क्रममा विभिन्न संस्कृतका मन्त्र उच्चारण गर्ने गरिन्छ । मन्त्रहरूसँगै विभिन्न आर्शिवाद पनि दिने चलन छ ।

संस्कृतका मन्त्रहरूमा धन, मान, ऐश्वर्य, बल, आयु, स्वास्थ्य, ज्ञान, शान्ति मनोकामना पूर्णलगायतका शुभेच्छासहित आर्शिवाद दिने गरिन्छ । विभिन्न मन्त्र भए पनि नेपाली समाजमा दुईवटा मन्त्र बढी प्रचलित छन् ।

आयु द्रोणसुते श्रीयं दशरथे भन्ने मन्त्र पुरुषलाई टीका लगाइदिँदा उच्चारण गर्ने मन्त्र हो । यसैगरी, जयन्ती मंगलाकाली भद्रकाली कपाली भन्ने मन्त्र महिलालाई टीका लगाइदिँदा उच्चारण गर्ने गरिन्छ ।

पुरुषलाई आशिर्वाद दिने मन्त्र
आयु द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यन्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

आयु द्रोणसुते भनेको द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु होस् भन्ने हो । अष्ट चिरन्जीवीमध्ये एक पर्ने अस्वत्थामाको आयु यो ब्रम्हाण्ड रहुन्जेल भएको पुराणमा उल्लेख छ ।

मन्त्रका क्रममा श्रीयं दशरथे भन्नाले दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् भन्ने कामना हो । यसैगरी, शत्रुक्षयं राघवे भनेको भगवान्् रामको जस्तो शत्रु नास होस् भन्ने हो ।

रामका शत्रु सबैको नास भएजस्तै टीका थाप्नेको पनि शत्रुहरू नास होउन् भन्ने शुभेच्छा हो । ऐश्वर्यं नहुषे भनेको नहुष राजाको जस्तो खुसी ऐश्वर्य होस् भन्ने हो । जीवनमा सधैँ हाँसीखुसी रहनुपरोस्, दुख नपरोस्, मनमा आनन्द होस् भन्ने कामना मन्त्रमा उल्लेख गरिएको छ । यसैगरी, गतिश्च पवने भन्नाले पवनपुत्र हनुमानको जस्तो गतिशीलता होस् भन्ने हो । हनुमानको गति यति छिटो थियो कि उनले आफ्नो गतिमा लाखौं कोस समुद्रपारि लंका पुगेर माता सीताको पत्ता लगाएका थिए ।

अहिलेको आधुनिक युगमा पनि उनै हनुमानको जस्तो गतिका साथ हामी मानव अगाडि बढ्नुपर्छ । टीका थाप्ने मन्त्रमा मानष्च दुर्याेधने पनि भनिन्छ । यसको अर्थ दुर्याेधनको जस्तो मान हुन सकोस् भन्ने हो । दुर्योधनले आपूmले मान्नुपर्ने र पाहुनालाई धेरै मानसम्मान दिने गरेको महाभारतमा उल्लेख छ । यसैगरी, दानं सूर्यसूते भनेको सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् भनेको हो ।

अहिलेको युगमा दान महत्वपूर्ण छ । कसैका लागि सानो दान पनि महŒवपूर्ण हुन सक्छ तसर्थ द्धापर युगमा कर्णले दान गरेजस्तै हुनु भनेर आर्शिवाद दिइने चलन छ । कर्णले आपूmलाई जस्तै दुःख पर्दा पनि दान गर्न छोडेका थिएनन् । बलं हलधरे भन्नाले हलो बोकेर हिड्ने कृष्णका दाजु बलरामको जस्तो बल होस् भन्ने कामना पनि गरिन्छ । बलबिना कसैको अस्तित्व हुँदैन ।

अहिलेको समाजमा मुडे बल मात्र नभई बुद्धिसहितको बल चाहिन्छ । यसैगरी सत्यंच कुन्तीसूते भनेर टीका जमरा लगाउँदा मान्यजनले आसिस दिन्छन् । यसको अर्थ कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता होस् भन्ने हो । सत्य बलवान छ, सत्य कहिल्यै लुक्दैन र सत्य जसले गर्छ त्यो सफल हुन्छ । युधिष्ठिरले पनि जीवनमा सत्य मात्रै बोले र व्यवहारमा पनि उतारे । जसका कारण असत्यका प्रतीक कौरब पराजित भए । विज्ञानं विदुरे भवंन्तु भवतां कीर्तिश्च नारायणे भन्नाले विदुरको जस्तो ज्ञान र भगवान्् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीवाद दिने गरिन्छ ।

महिलालाई आशिर्वाद दिने मन्त्र
ॐ जयन्ती मंगला काली, भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्रि, स्वाहा स्वधा नमोस्तु ते ।

मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाइ पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने मान्यता नेपाली समाजमा छ । पूर्व या पश्चिम फर्किएर टीका ग्रहण गर्दा राम्रो हुने मान्यता छ ।

दसैंमा रातो टीका र जमरा लगाउने गरिए पनि कुनैकुनै समुदायले भने सेतो टीका पनि लगाउने गर्छन् । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ । यसपालि टीकाको उत्तम साइत असोज १४ गते शनिबार बिहान ११ बजेर ५५ मिनेटमा रहेको छ ।

देवी विसर्जन मन्त्र

नवरात्रभर देवीलाई पूजाआजा गरी विजयादशमीका दिन विसर्जन गरिन्छ । देवी विर्सजन १४ असोज शनिबार बिहान ८ बजेर १ मिनेटमा उत्तम साइत रहेको छ । देवी विसर्जनका बेला पनि निम्न मन्त्र उच्चारण गरिन्छ ।

आवाहनं नजानामि नजानामि विर्जसनम् ।
पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी ।
इमां पूजां मया देवी यथाशक्त्या निवेदितम् ।
रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम् ।।’

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजागाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादका रूपमा घाँटीमा लगाइन्छ ।

घरका ज्येष्ठ व्यक्तिले भगवतीको प्रसादस्वरूप अबिर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई प्रसाद तथा दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ । अनि सपरिवार नातेदारकहाँ तथा मान्यजनकहाँ दसैंको टीका लगाउन जाने परम्परा छ ।
नवदुर्गा पूजा गर्दा भनिने श्लोक
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चंद्रघण्टेति कुष्मांडेति चतुर्थकं ।।
पंचमं स्कन्दमातेति, षष्टम कात्यायनीति च ।
सप्तमं कालरात्रीति, महागौरीति चाष्टमं ।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिताः ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार