झापा : झापाको कमल गाउँपालिकामा दुईजनाको हत्या भएको छ।
कमल गाउँपालिका–२ सिमलडाँगीमा २३ वर्षीय चन्द्रबहादुर माझीले गएराति आफ्नै ५० वर्षीय आमा चन्द्रकला माझी र ५० वर्षीय काका शन्तबहादुर माझीलाई खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।