विजया दशमीको दिनभर टीका साइत

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  96 पटक हेरिएको

विजयादशमी टीकाको उत्तम साइत बुधबार बिहान ११ बजेर ५१ मिनेट रहेको छ । सोही दिन बिहान १० बजेर ३४ मिनेटमा घटस्थापनाका दिन थापिएको देवी भगवती विसर्जन गरिने शुभसाइत छ ।

नेपाल पञ्चांग निर्णायक समिति सदस्य प्राडा देवमणि भट्टराईका अनुसार १९ असोजका दिन देवी विसर्जन गरिएपछि प्रसादस्वरूप टीकाजमरा लगाउने परम्परा छ । त्यस दिनभर नै टीका लगाउँदा राम्रो हुने भट्टराई बताउछन् । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने उनले बताए ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्न हुने मान्यता भए पनि स्थानअनुसार फरकफरक छ । यसअघि १७ असोज सोमबार महाअष्टमी र त्यसैदिन राति कालरात्रि पूजा गर्नुपर्ने पनि समितिले जनाएको छ । १८ असोज मंगलबार महानवमी परेको छ ।

यसपालि एउटा तिथि टुटेकाले १४ दिनको दसैं रहेको छ । द्वादशी र त्रयोदशी २१ असोजमै परेको छ । १० असोज सोमबार घरघरमा जमरा राखेर सुरु दसैं २३ असोजमा पर्ने कोजाग्रत पूर्णिमाका दिनबाट सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार