धादिङ, भदौ २० गते । आफू माताहतको कार्यालयमा कार्यरत महिला प्रहरी माथि जबरजस्ती करणी प्रयासमा धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुंगानामाथि मुद्दा दर्ता भएको छ ।
जबरजस्ती करणी उद्योगमा पीडित पक्षको मौखिक उजुरीको आधारमा आइतबार फुलपातीको दिन बिहान ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो ।
लिखित उजुरी परेपछि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । शनिबार बिहान करिब १ बजे कार्यालय परिसरभित्रै करणी प्रयास भएको उनको भनाइ छ ।
ढुंगानालाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ । ढुंगानामाथि १० महिना अघिदेखि इलाका प्रहरी कार्यालय खानीखोलामा प्रमुखको जिम्मेवारीमा छन । पक्राउ परेका प्रहरी निरीक्षक ढुंगानामाथि थप अनुसन्धान भइरहेको डिएसपी खत्रीले बताए ।