बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आउँदै

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  70 पटक हेरिएको

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आज (विहीबार) बिहान नेपाल फर्कने जनाएका छन् । उनले प्रहरीसँग आत्मसमर्पण गर्ने र कानूनी लडाइँ लड्ने बताएका छन् ।

क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन् ।

प्रहरीले पक्राऊ पूर्जी जारी गरेपछि सन्दीप केन्याबाट व्यवसायिक क्रिकेट खेलका लागि वेष्ट इण्डिजतर्फ लागेका थिए ।

आज बिहान १० बजे कतार एयरवेजबाट काठमाडौं आइपुग्ने र आफूलाई निर्दोष प्रमाणित गर्न कानूनी लडाइँ लड्ने बताएका छन् ।

युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको दाबी गरिएको छ ।

सन्दीपले यसअघि पनि नेपाल फर्कन लागेको फेसबुकमा लेखेका थिए । उनले आज नेपाल फर्कने स्टाटस लेखेको यो दोस्रोपटक हो ।

‘नेपालको आधिकारिक निकायमा आत्मसमर्पण गर्ने मेरो इमान्दार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु’ सन्दीपले फेसबुकमा लेखेका छन्, ‘मैले प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु । मेरो कानुनी अधिवक्ता सरोजकृष्ण घिमिरेको उपस्थितिका लागि पनि मैले अधिकारीहरूलाई विनम्र अनुरोध गरेको छु।’

सन्दीपले लेखेका छन्, ‘मलाई थाहा छ म षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको छु र यसको प्रभावको असर अकल्पनीय कुरा हो। हाम्रो कानुनी प्रणालीमा निर्दोष साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने कुनै संयन्त्र हुनुपर्छ भन्नेमा म विश्वस्त छु। ममाथि लागेको गलत कारवाही र आरोपका विरुद्ध छिट्टै कानुनी सहयोग खोज्नेछु र न्याय पाउनेमा विश्वस्त छु र छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु र छिटोभन्दा छिटो न्यायको कामना गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार