मेक्सिकोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा सहरका मेयरसहित १८ जनाको मृत्यु

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  97 पटक हेरिएको

मेक्सिकोको दक्षिणपश्चिममा बुधबार दिउँसो बन्दुकधारीले गरेको आक्रमणमा सान मिगुएल टोटोलापेन सहरका मेयर कोनरेडो मिगुएल अल्मेडासहित १८ जनाको मृत्यु भएको छ ।

मेयर अल्मेडाका बुबा तथा पूर्व मेयर क्वान मेन्डोजा एकोस्टाको पनि गोली प्रहारमा मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार बुधबार दिउँसो २ बजेतिर बन्दुकधारीले नगरको टाउन हलमा प्रवेश गरी गोली चलाउँदा मेयरसहित काउन्सिल सदस्य र प्रहरी अधिकारीको मृत्यु भएको हो ।

केही रिपोर्टहरूका अनुसार टाउन हलमा हमला गर्नु अघि मेयरका बुबालाई आक्रमणकारीहरूले उनको घरमा नै मारेका थिए। यससँगै केही रिपोर्टका अनुसार घटना हुनुअघि सुरक्षाकर्मी भित्र पस्न नसकोस् भनेर सहर जोड्ने सडकमा ठूला सवारीसाधन पार्किङ गरिएको थियो । मेयर कोनरेडो मेन्डोजाको पार्टी पीआरडीले आक्रमणको निन्दा गर्दै यसलाई कायरतापूर्ण हत्या भनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार