प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन : भोलि उम्मेदवारी दर्ता, आवश्यक पर्छ यी कागजात

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  48 पटक हेरिएको

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र  प्रदेश सभाको निर्वाचनका लागि आइतबार प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले बिहान १० देखि सॅाझ ५ बजे सम्म मनोनयन दर्ता गर्न सकिने जनाएको छ।

मनोनयन पत्रसँगै उम्मेदवारले यी कागजात संलग्न गर्नुपर्ने आयोगले जानकारी दिएको छ–

उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि।

मतदाता नामावलीमा नाम समावेश भएको निस्सा।

प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा।

दलको उम्मेदवारको हकमा दफा १८ बमोजिमको औपचारिक पत्र (प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ७ बमोजिम)।

धरौटी जम्मा गरेको नगदी रसिद वा बैक भौचर।

स्वघोषणा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, (२०७९ को अनुसूची ६ बमोजिम)।

उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को अनुसूचीबमोजिम

उम्मेदवारको वैयक्तिक विवरण फाराम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, (२०७९ को अनुसूची १० बमोजिम)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार