मधेसबाट एमालेलाई पत्तासाफ गर्नुपर्छः माओवादी नेता यादव

  Manaslu Post  517 पटक हेरिएको

जनकपुर । असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनमाआ–आफ्नो पार्टीले जित्ने प्रमुख दलका शीर्ष नेताहरुले दाबी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपाल–जनकपुर शाखाले जनकपुरको बार एसोसियसनको कार्यालयमा गरेको ‘प्रदेश नम्बर २ को निर्वाचनः दलहरुको सहभागिता’ अन्तरक्रियामा बोल्दै नेताहरुले यस्तो दाबी गरेका हुन् । उनीहरुले निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने पनि जिकिर गरेका छन् ।

सत्तारुढ दल नेकपामा ओवादी केन्द्रका केन्द्रीय सदस्य झल्कु यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मधेसविरोधी पार्टी भएको आरोप लगाउनुभयो । उहाँले मधेसविरोधी भएकाले एमालेलाई मधेसबाट पत्तासाफ गर्नुपर्ने पनि बताउनुभयो ।

‘एमाले मधेसविरोधी पार्टी हो, मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन उसले कहिल्यै चाहेको देखिएन’, उहाँले भन्नुभयो, ‘अहिले पनि संविधान संशोधनको विरोधमा उभिएकाले उसलाई मधेसबाट समाप्त गर्नुपर्छ ।’

यादवले एमालेलाई किन मत हाल्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘एमालेलाई मधेसबाट पत्तासाफ गर्नुपर्छ, जनताले एमालेलाई राम्रोसँग चिनेका छन् ।’

एमाले संघीयता, गणतन्त्र लगायत परिवर्तनको विरोधी भएको समेत उहाँको आरोप थियो । यादवले मधेस र मधेसी जनताको अधिकारका लागि सबैभन्दा धेरै लड्ने र एजेण्डा बोक्ने पार्टी माओवादी भएको पनि जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार