काठमाडौं : नाबालिग जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ स्थगित भएको छ। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको तयारीका कारण शाहको सुनुवाइ स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृतले जानकारी दिएका हुन्। योसँगै शाहको सुनुवाइ तेस्रोपटक स्थगित भएको छ।
यसअघि बलात्कारको मुद्दामा सफाइ पाइसकेका शाहलाई अदालतले बाल यौन दुर्व्यवहारको मुद्दामा साढे दुई वर्ष जेल र २५ हजार जरिवाना सुनाएको थियो। बुधबार हुने भनिएको उनको सुनुवाइ चुनावका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौजदारीतर्फका आजका सबै मुद्दाको सुनुवाइ स्थगित भएको हो।
नाबालिग बलात्कारको आरोप लागेका शाहले गत फागुन १५ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा गएर आत्मसमर्पण गरेका थिए।