महोत्तरीको पररिया घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  53 पटक हेरिएको

काठमाडौंः  सरकारले महोत्तरीको भंगाहा नगरपालिका–८ को पररियामा भएको दुई समुदायबीचको झडपको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासिनी सदस्य रहेको गृहका प्रबक्ता फणिन्द्रमणि पोख्रेलले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ।

छानविन गरी प्रतिवेदन दिन समितिलाई एक हप्ताको समय दिइएको छ। हिजो हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो। झडपमा १५ जना भन्दा धेरै घाइते भएपछि स्थानीय प्रशासनले हिजो दिउँसो ४ बजेदेखि लगाएको कर्फ्यु जारी छ।

आज दिउँसो कफ्यू हटाउने विषयमा छलफल भएपनि तत्कालका लागि जारी नै राख्ने निश्कर्ष निकालिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए। यद्धपी आज बिहान जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलले हिंसा बढ्न नदिन विभिन्न ८ बुँदे सहमति भने गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार