नवलपरासी पूर्वमा बस दुर्घटना, पाँचजनाको मृत्यु

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  56 पटक हेरिएको

नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिकामा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस बुलिङ्टार–२ मथारमा आइतबार बिहान ४ बजे दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार २५ जना घाइते भएका छन्।  घाइतेको उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार