मन बहादुर पुन
काठमाडौ । नेपाल मगर संघ, केन्द्रीय समितिको आयोजनामा काठमाडौ उपत्यकाको केन्द्र बिन्दु टुडिखेल काठमाडौमा यहि पौष २९, ३० र माघ १ गते मगर सांस्कृतिक महोत्सव २०७९ को आयोजना गरेर मगर जातिको प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व माघे सकराती भव्यरुपमा मनाइने भएको छ ।
मगर जातिको सामाजिक, सांस्कृतिक पर्वहरुको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्य सहित मगर मौलिक संस्कृतिहरुको संरक्षण, संबद्धन गर्न र नेपाललाई बिश्वसामु सांकृतिक विविधताको रुपमा परिचित बनाउदै, यसै चाडपर्वको माध्यमबाट सबै मगरहरु र गैर मगरहरुको बिचमा शुभकामना आदान प्रदानको साथै एकाआपसमा भातृत्त, सहिश्रणुता र सदभाव बढाउने उद्देश्उले यस बर्ष ३ दिन माघे सकराती पर्व मनाउन लागिएको संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले मनास्लु पोष्टलाई बताए ।
मगर सांकृतिक महोत्सव २०७९ मा मगर भुमे नाँच, मगर हुर्रा नाँच, मगर कौडा, मगर घाटु, मगर सोरठी, मगर पैस्यारु, मगर मौलिक सारङग्या(मयुरनाँच) आदीको पर्दशनको साथै मगर मौलिक खेल तिर र छेलोको प्रतियोगिता गरिनुका साथै राष्ट्रिय स्तरका मगर कलाकारहरुको प्रस्तुती रहने भएको छ ।
मगर जातिको प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा उपत्यकाको केन्द्र बिन्दु टुडिखेल काठमाडौमा ३ दिन हुने कार्यक्रममा परम्परागत मौलिक खेल र मगरहरुको मौलिक संस्कृतिहरु प्रर्दशनको साथै मगरहरुको खानपिन र मौलिक भेषभुषाहरुको प्रर्दशन तथा बिक्री गरिने भएको छ ।