मगर संघ महोत्तरीको आठौं जिल्ला अधिवेशन संघका महासविचको प्रमुख आतिथ्यतामा सम्पन्न

  Manaslu Post  25 पटक हेरिएको

नेपाल मगर संघ महोत्तरीको आठौं जिल्ला अधिवेशन संघका केन्द्रीय महासविच टेकबहादुर नामजालीमगरको प्रमुख आतिथ्यतामा बर्दिबासमा सम्पन्न भएको छ । संघका अध्यक्ष गणेश आलेमगरको सभापतित्वमा सम्पन्न अधिवेशनले भक्तबहादुर सुसलिङमगरको नेतृत्वमा १९ सदस्यीय नया समिति चयन गरेकोछ ।

 

संघको १२औं राष्ट्रिय महाधिवेशनले दिइएको म्याण्डेट मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माणमा नेपाल मगर संघ लागि परेको भन्दै यतिबेला मगरात सभ्यताको आधारहरुलाई पहिचान गर्दै लिपीबद्ध गरेर ऐतिहासिक दस्तावेज तयार गर्ने काममा जुटिरहेको महासविच नामजालीले बताए । बैदेशिक रोजगारको क्रममा सवारी दुर्घटनाका कारण ब्लडमनी जरिवाना तोकिएका रोल्पाली दिलबहादुर घर्तीमगरलाई संघले उद्धार गरी सकुशल नेपाल फर्काएको उदाहरण दिदै मगरलाई पर्ने जस्तोसुकै परिस्थितिमा पनि नेपाल मगर संघ सधै साथमा रहने र सम्पूर्ण मगरहरुलाई संघको नीति कार्यक्रमहरुलाई सफल पार्न अपिल समेत गरे ।


सामाजिक, आर्थिक र राजनैतिकरुपले समृद्ध भएपछिमात्र मगर समाज समृद्ध हुने भएकोले सामाजिक विकास अन्तर्गत मगर जातिका मूर्त÷अमूर्त संस्कृतिहरु, भाषासाहित्यहरुको संरक्षण–सम्बद्र्धन र पुस्तान्तरणमा जोड दिनुपर्ने, आर्थिक समृद्धिका लागि विभिन्न पेशा व्यावसायहरु शुरु गर्नुपर्ने र समालोचनात्मक कुटिलता सहितको कुशल राजनैतिज्ञ बनेर समृद्ध मगर समाजसँगै राष्ट्रलाई नै समृद्ध देश बनाउन मगरहरु एकजुट हुनुपर्ने बताए ।
मगर जातिको थर–उपथरहरुलाई सूचिकरण गर्ने, मगर जातिको संस्कृतिहरुलाई राष्ट्रिय मान्यता दिलाउन र राज्यमा सूचिकरण गराउन संस्कृति मन्त्रालयसँग साँझेदारी संस्थाको रुपमा काम गर्न संघलाई संस्कृति मन्त्रालयमा सूचिकृत गरिसकिएको भन्दै अब छिट्टै संस्कृति सूचिकरण सम्बन्धी कार्यशाला गोष्ठि गरिने बताए ।
प्रत्येक मगर बस्तिहरुमा मगर भाषा–संस्कृति पाठशाला शुरुवात गरी दक्ष जनशक्ति मगर उत्पादन गर्ने, राज्यका हरेक निकायहरुमा मगरहरुको अर्थपूर्ण सहभागिता गराउन निशुल्क तालिम, सेमिनार, गोष्ठि जस्ता कार्यक्रमहरु निरन्तर सोही पाठशालाबाटै गराउने र यसको व्यवस्थापनका लागि संघले शुरुवात गरको मगर कल्याणकारी कोषमा आबद्ध हुन अपिल गर्दै सदस्यता ईन्ट्री गर्ने संघको सफ्टवेयर फागुन १५, स्थापनापना दिवसदिनबाट देशैभरी एकसाथ शुरु गर्ने बताए ।
कार्यक्रममा मुख्यसचिव रुद्र बुर्जामगर, नेपाल आदिवासी जनजाति महासंघ, महोत्तरीका बरिष्ठ उपाध्यक्ष गणेश जर्घामगर, सलार्हीका अध्यक्ष पूर्ण रानामगर, धनुषाका अध्यक्ष गंगा बलम्पाकीमगर र समाजसेवी चन्द्रलाल केप्छाकीमगरहरुको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संघका केन्द्रीय सचिव रामकुमारी आलेमगर, केन्द्रीय सदस्य दिलबहादुर किङरिङमगर, केन्द्रीय सुन्दर बलम्पाकीकगर, केन्द्रीय सदस्य फुलकुमारी थापामगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य रेश्मी किङरिङ मगर, महोत्तरी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष विन्दा मिरिङचिङमगर, युवा संघका जिल्ला अध्यक्ष बोधबकादुर आलेमगर, विद्यार्थी संघका जिल्ला अध्यक्ष आनन्द जर्घामगर लगाएतको उपस्थिति रहेको थियो । संघका उपाध्यक्ष गिता सुसलिङमगरज्यूको स्वागत मन्तव्यबाट शुरु भएको आठौं जिल्ला अधिवेशनको संचालन सचिव भक्तबहादुर सुसलिङज्यूले गर्नु भएको थियो ।

नया कार्य समिति
१. अध्यक्ष : भक्तबहादुर सुसलिङमगर
२. बरिष्ठ उपाध्यक्ष : पदम बलम्पाकीमगर
३. महिला उपाध्यक्ष : पम्फा जर्घामगर
४. उपाध्यक्ष : नरबहादुर पुलामीमगर
५. सचिव : पृथ्वी बलम्पाकीमगर
६. सह–सचिव : धनबहादुर समाल मगर
७. कोषाध्यक्ष : मिना थापामगर
९. सदस्य : चम्पा मिरिचिङ मगर
१०. सदस्य : टंक आलेमगर
११. सदस्य : सुनिता मिरिङचिङ मगर
१२. सदस्य : गणेश जर्घामगर
१३. सदस्य : उषा रानामगर
१४. सदस्य : खड्ग आलेमगर
१५. सदस्य : हरि बलम्पाकीमगर
१६. सदस्य : तुलबहादुर बलम्पाकीमगर
१७. सदस्य : कुम्भ बहादुर थापामगर
१८. सदस्य: मदन छ्याङ्गाले मगर
१९ सदस्य: कर्णबहादुर लुंगेलीमगर
सल्लाहकारहरु
१. राम बहादुर रानामगर
२. रुद्र सुसलिङ मगर
३. भिमबहादुर आलेमगर
४. चित्र जर्घामगर
५. प्रताप सिंह आलेमगर
६. मनिष समालमगर
७. नोगेन्द्र क्यापछाकीमगर

https://www.youtube.com/watch?v=2mWaoA7i5oI&t=40s

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार