गत हप्ता प्राप्त भोटको आधारमा ‘नेपाल आइडल’बाट चितवनका सागर आलेमगर बाहिरिएका छन् । गत हप्ताको बिहिबार प्राप्त भएको भोटका आधारमा उनी आउट भएका हुन् । सागरले सबैभन्दा कम भोट प्राप्त गरेका थिए ।
अब, उत्कृष्ट ३ जनाले ‘नेपाल आइडल’को ट्रफिका लागि कतारमा प्रतिस्पर्धा गर्नेछन् । ‘नेपाल आइडल’को फाइनल कतारमा आयोजना हुँदैछ । जिल्ला अदालतमा मुद्दा परेपछि हिजो बिहिबार नेपाल आइडलमा भोटिङको आह्वान गरिएको थिएन । जसकाकारण, पनि गत साताको भोटका आधारमा एकजना बाहिरिएका हुन् । जिल्ला अदालतले शुक्रबार ‘नेपाल आइडल’ विरुद्ध परेको रिट खारेज गरिसकेको छ ।