आज रङको होली पर्व, पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  92 पटक हेरिएको

काठमाडौं : फागु पर्व, काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ।

सामान्यतया फाल्गुण शुक्ल पूर्णिमाका दिन फागु मनाइने भए पनि यो वर्ष चतुर्दशीकै दिन यो पर्व मनाउन लागिएको हो। सोमबार ४ बजेर २८ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि पूर्णिमा तिथि लाग्ने पञ्चांगले उल्लेख गरेका छन्।

यस्तै म‌ंगलबार साँझ ६ बजेर ११ मिनेटसम्म पूर्णिमा तिथि रहेको छ। मंगलबार तराई–मधेशमा होली पर्व मनाइँदैछ।

​वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ।  यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ।

फागु पर्व होली नामले पनि चिनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ।

फाल्गुण शुक्ल अष्टमीको दिन चीर (विशेषरूपले सजाएको लिंग) गाडेपछि होली हुन्छ। तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ। पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाइन्छ।

रङको होली पर्व

एकआपसमा रङ र अबिर दलेर पानी छ्यापाछ्याप गरी हर्षोउल्लासका साथ आज सोमबार उपत्यका र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ । हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई फागु पर्व पनि भन्ने गरिन्छ । यो वर्ष पहाडी जिल्ला तथा उपत्यकामा सोमबार होली मनाए पनि तराईमा भने मंगलबार होली मनाइँदै छ । गत सोमबार बिहान वसन्तपुरमा तीनतले चिर ठड्याएपछि यसपालिको होली पर्व सुरु भएको हो ।

चिर गाडेपछि वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली खेल्ने परम्परा छ । होलिकै भोलिपल्टबाट ऋतुराज वसन्तको आगमन हुने विश्वास रहेको छ । विशेषगरी, तराईमा विशेष उल्लासका साथ मनाइने होली पछिल्लो समयमा नाचगान गरेर, साथीभाइ एकआपसमा मिलेर मनाउने गरिएको छ ।

असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ । आसुरी शक्तिकी द्योतक होलिकालाई आगोले भस्म गरी सत्यवादी भक्त प्रल्हादको उद्धारको कथा, भगवान् कृष्ण र नग्न अवस्थामा गोपिनीले नुहाउँदाको प्रसंग तथा कामदेव र रतीको प्रेमकथालगायतका प्रसंग होलीसँग जोडिएको कुरा धार्मिक ग्रन्थमा उल्लेख छ ।

यस्तै, बन्दी बच्चालाई राक्षस ढुण्डाको पन्जाबाट मुक्ति दिलाएको अवसरमा फागु खेल्न थालिएको प्रसंग धार्मिक ग्रन्थमा रहेको संस्कृतिविद् विणा पौडेलले जानकारी दिइन् । उनका अनुसार पहिले हिन्दूले मात्र होली मनाउने भए पनि पछिल्लो समय हरेक धर्म, जाति र सम्प्रदायले मनाउने गरेका छन् ।

गत साता उठाइएको लिंगोलाई फागु पूर्णिमाका दिन मंगलबार बिहान ढालेपछि यो वर्षको होली सकिनेछ । हनुमानढोका दरबारको गद्दी बैठकनजिकै ठड्याइएको चिरलाई ढालेपछि होली सकिने वडा नम्बर २५ काठमाडौं उपत्यका जात्रा व्यवस्थापन समिति अध्यक्ष राजन मर्हजनले जानकारी दिए । चिर टुँडिखेलमा लगेर दहन गरेपछि होली पनि सकिन्छ ।

चिर दहन भएपछि असत्यमाथि सत्यको जित भएको मानिन्छ । होलीमा रङ र अबिर एकआपसमा छ्याप्ने गरिए पनि पछिल्लो समयमा पानीकै बढि प्रयोग हुने गरेको छ । होलीका बेला भाङको लड्डु, घोट्टालगायत खाएर रमाइलो गर्ने चलन छ ।

प्रहरीले होलीका समयमा हुने आपराधिक घटनालाई रोक्न प्रयास गरेको छ भने मादकपदार्थ सेवन निरुत्साहित गर्न ट्राफिक प्रहरीले मापसे जाँच गर्ने भएको छ । होलीको नाममा विभिन्न कार्यक्रम हुने गरेका छन् । नाचगान र रङ छ्यापेर मनाइने होलीमा कलाकारले सांगीतिक कार्यक्रम गर्ने गरेका छन् ।

होलीसँग जोडिएका कथा होली’bout विभिन्न कथा प्रसंगहरू जोडिएका छन् । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भस्म गरी सत्यवादी भक्त प्रल्हादको उद्धारको कथा, भगवान् कृष्ण र नग्न अवस्थामा गोपीनीहरूले नुहाउँदाको प्रसंग तथा कामदेव र रतीको प्रेमकथालगायतका प्रसंग होलीसँग जोडिएको धार्मिक ग्रन्थमा उल्लेख छन् । यसैगरी, बन्दी बच्चालाई राक्षस ढुण्डाको पन्जाबाट मुक्ति दिलाएको अवसरमा फागु खेल्न थालिएको प्रसंग धार्मिक ग्रन्थमा रहेको छ ।

पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकश्यप नामक एक जना राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिराण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान् विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लाद भगवान् विष्णुलाई भज्ने गरेको हिरण्यकश्यपलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजना बनाएको थियो ।

एक योजनाअनुसार हिरण्यकश्यपले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन ।

होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसंगअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीले यसै दिन जलाई आपसमा रङ र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चिरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकार मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक धार्मिक पुस्तकमा पाइन्छ । नारद पुराण र भविष्य पुराणजस्तो प्राचीन हस्तलिपि र ग्रन्थमा पनि यस पर्वको उल्लेख छ । भारतमा पर्ने विन्ध्यक्षेत्रको राम गढ भन्ने स्थानमा स्थित इसाभन्दा ३ सय वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविको प्रिय विषय थियो ।

यस पर्वमा चीर ठड्याउने परम्परा सम्बन्धमा एक लोककथनअनुसार एकपटक यमुना नदीमा एक समूह गोपिनी निबस्त्र नुहाइरहेका थिए । त्यसै बेला भगवान् श्रीकृष्णले ती गोपिनीको सबै लुगा नदीको किनारमा एउटा रूखको हाँगामा झुन्ड्याई आफू अर्का हाँगामा बसी बाँसुरी बजाउन थालेका थिए । गोपिनीहरूले आफ्ना लुगा पाउन धेरै बिन्तीभाउ गर्दा पनि कृष्णले लुगा झारिदिएनन् ।

बरु उनले भने, ’निर्वस्त्र नुहाएकोमा प्रायश्चित गरे मात्र लुगा दिनेछु ।’ त्यसअनुसार गोपिनीले श्री कृष्णलाई अर्घ जल चढाएर प्रायश्चित गरेका थिए । त्यसपछि कृष्णले रूखको हाँगाबाट लुगा झारिदिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार