मन्त्रालयको निर्देशन कार्यान्वयनमा ढिलाई

मन्त्रालयको निर्देशन कार्यान्वयनमा ढिलाई

  Manaslu Post  672 पटक हेरिएको

रोल्पा फागुन २६ । स्वास्थ्य मन्त्रालयले फागुन मसान्त सम्म अस्पताल परिसर भित्र आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशन दिएपनि जिल्ला अस्पताल रोल्पामा अझै मार्फेसी सञ्चालन हुन सकेको छैन ।स्वास्थ्य सेवा सुलभ र व्यवस्थित गराउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्ला अस्पतालले फागुन मसान्त भित्र आफ्नै अस्पताल परिसर भित्र फार्मेसी सञ्चालन गर्न निर्देशन गरेको थियो । तर रोल्पा जिल्ला अस्पतालमा भने अझै सम्मपनि फार्मेसी सञ्चालन भएको छैन । फार्मेसी सञ्चालन नहुँदा सर्वसाधारणहरु मर्कामा परिरहेका छन् । फर्मेसी सञ्चालन सरकारले छिट्टै गर्नुपर्ने स्थानीय जनताहरुको माग रहेको छ । फार्मेसी सञ्चालन नहुँदा विरामीहरु औषधि किन्न बाहिर मेडिकलमा जानुपर्ने बाध्यता रहेको छ । फार्मेसीको सुविधा नभएपछि बाहिर औषधि किन्न जानुपर्ने र बाहिर गएपछि औषधि किन्दा महंगो पैसा तिर्नुपर्ने गरेको अस्मीता बुढाले बताउनु भयो । छिटो सञ्चालन गर्नुप¥यो एक विरामीले गुनासो गरे । उनले भने ‘जिल्ला अस्पतालले आफ्नै फर्मेसी राखेको भए विरामीहरुलाई सहज हुने थियो’ । बाहिर औषधि किन्ने बेलामा माहंगो पर्ने गरेको उनीहरुको भनाई छ । छिट्टै फार्मेसीको व्यवस्था अस्पताल भित्रै हुनपर्ने विरामीहरुले बताएका छन् । फार्मेसी सञ्चालन नहुँदा बाहिर औषधि किन्दा पैसा धेरै खर्च हुने गरेको छ । अस्पतालले आफ्नै फार्मेसी सुरु नगर्दा औषधि खरिद गर्न बाहिर मेडिकलमा जानु पर्ने र चर्को मुल्य तिर्न समेत बाध्य भएको स्थानीय अस्पतालमा भेटीएका विरामीहरुले बताएका छन् । यता फार्मेसी सञ्चालनका बारेमा कार्यालय प्रमुख डा. भवानी प्रसाद शर्माले भने आफुलाई स्वास्थ्य मन्त्रालयले फागुन मसान्त सम्म फार्मेसी सञ्चालन गर्नुपर्ने भनी परिपत्र गरेको र फार्मेसी सञ्चालनको लागि आवश्यक पर्ने ¥याक विल्डीङ फर्निचर तयार भइ सकेको बताउनु भयो । ५÷७ दिन भित्रमा फार्मेसी सञ्चालन हुने उहाँको भनाइ छ । स्वास्थ्य मन्त्रालयबाट असिस्टेन पठाउन ढिलो भएपनि फार्मेसी सञ्चालनको लागि आफु कटिबद्द भएको बताउनु भयो । नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक अधिकारका रुपमा राखेको छ । यस तर्फ सम्वन्धीत निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार