आमा समूहद्वारा श्रमदान

आमा समूहद्वारा श्रमदान

  Manaslu Post  657 पटक हेरिएको

रोल्पा, फागुन २६ । सिद्दार्थ माध्यमिक विद्यालय जिनाबाङमा निर्माण भईरहेको भवन निर्माणकार्यलाई स्थानीय आमा समूहले श्रमदान गरेर सहयोग गरेको छ।एनआरएन साउदीले अनुदान गरेको भवनको ढलानहुने भएपछी आबस्यक पर्ने सरसामान जम्मा गर्न आमा समुह जुटेको हो। गाँउको स्कुल बनाउन दाताहरुको सहयोग पाए पछी उत्साहित हुदैँ थप श्रमदान गर्न आमाहरु आफूखुसी जुटेका हुन। एनआरएन साउदीले अनुदान गरेको भवनको छत ढलान कार्य एक हप्ता भित्र सम्पन्न हुनेछ। दुइकोठा भवन माथि थप अरु दुईकोठा थपहुने भएको छ। उक्त थप दुइकोठा निर्माणका लागि एनआरएन स्विडेनले सहयोग गर्ने भएको छ। सामाजिक उत्थानका लागि संगठित भएका स्थानीय आमाहरु बेलाबखत सामाजिक सहयोगका लागि सहकार्य गर्दै आएका छन्। गाउँमा हुने मरु/बरुमा समेत सहयोग आदानप्रदान गर्ने आमाहरु वडा स्तरको आमा समुह संगठनमा आबद्ध भएछन्। महिला शसक्तिकरणका लागि मासिक भेला हुँदै छलफलमा भागलिने गरेका छन्। स्वास्थ्य बिषयलाई मध्यनजर गर्दै निकट भबिस्यमा नै एम्बुलेन्स व्यवस्था गर्ने अभियानमा पनि जुटेका छन्। जसका लागि आर्थिक आधार पनि तयार गरिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार